काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

Share this news

काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो।समितिले जारी गरेको सूचनाअनुसार पहिलो पटक प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेवसाइट www.moest.gov.np मा दिइएको लिंकमा दरखास्त पेस गर्न सकिनेछ। उपकुलपति नियुक्ति प्रक्रिया केयूको उपकुलपति छनोट र सिफारिस सम्बन्धी कार्यविधि २०८३बमोजिम अघि बढाइएको हो।यसअघि जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगको सदस्यमा रेशु अर्याल ढुंगाना र केयूका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा सदस्य हुनुहुन्छ। समितिले प्राप्त आवेदनका आधारमा योग्य उम्मेदवारहरूको छनोट गरी उपकुलपति पदका लागि नाम सिफारिस गर्नेछ । शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिसँगै भावी शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

केन्द्रीय मन्त्री शोभा करन्दलाजेले एमएसएमई पहलहरूको गरिन् समीक्षा 

प्रेस अभिव्यक्ति स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण क्षेत्रमा दूरसञ्चार

प्रेस अभिव्यक्ति स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण क्षेत्रमा दूरसञ्चार

मेरो सरकार गोर्खाल्याण्डको स्थायी समाधानमा पुग्न प्रतिबद्ध छः राज्यपाल

मेरो सरकार गोर्खाल्याण्डको स्थायी समाधानमा पुग्न प्रतिबद्ध छः राज्यपाल

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

खेतीपातीलाई जीवनको आधार बनाएकी अनुराधा छेत्री

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

माथिल्लो जोङ्गुमा केन्द्रीय जल आयोग स्टेशन नजिकै कनेक्टिभिटी 

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

विधायक एरुङ लेप्चाले चलाए “गाउँ चलो अभियान” व्यापक जनसम्पर्क

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

गोर्खाल्यान्डबारे फेरि सन्नाटा, प्रश्न अझ कायम, के तपाईं नेपालको हुनुहुन्छ ? कमान्डर (अ.प्रा.) डीएस गुरूङ

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

राष्ट्रिय गोर्खा गौरव ‘पद्मश्री’ गीता उपाध्यायलाई असम सरकारको ‘सति साधनी पुरस्कार’

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आउँदो २२ जूनमा सुवास घिसिङको जन्मोत्सव गोरामुमो मिरिकद्वारा मनाइने

आजको रोजाइ