मास्टर मित्रसेन थापाको सालिकमा लेखियो अपशब्द। ‘लाहुरेको रेली माई फेसन राम्रो’ जस्ता लोकप्रिय तथा कालजयी गीतका उनी रचयिता हुन्।
विश्वविख्यात माल रोड परिसरमा खडा एकाधिक सालिकहरुमध्ये मास्टर मित्रसेन थापाको प्रतिमूर्तिमा यस्तो दु्ष्कृत्य देखा परेपछि हाल यसलाई लिएर चौतर्फी आलोचना शुरु भएको छ। यसलाई केन्द्र गरेर मास्टर मित्रसेन थापा साहित्यिक संस्थानको पक्षबाट अमित थापाले यसको कडा शब्दमा भर्त्सना जनाउँदै पुलिस प्रशासनसमक्ष कठोर कानुनी कारबाहीको माग राखेका छन्।