MP Raju Bista At Parliament
MP Raju Bista At Parliament

सांसद राजु विष्टद्वारा संसदमा वैकल्पिक मार्ग र रोपवे परियोजनाको माग

Share this news

MP Raju Bista At Parliament

संसदको वर्षाकालीन सत्रको पहिलो दिन दार्जीलिङ सांसद राजु विष्टले संसदको नियम ३७७ अन्तर्गत दार्जीलिङका लागि बालासन हुँदै एउटा वैकल्पिक राजमार्ग, र घूम अनि दार्जीलिङ बिजनबारीसँग जोड़्ने तथा डेलोलाई कालेबुङ, रेल्ली, र चित्रेसँग जोड़्ने रोपवे परियोजनाहरूका लागि माग प्रस्तुत गरेका छन्।

सांसद विष्टले जानकारी दिँदै भने, “दार्जीलिङ जुन भारतका सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, आज यातायातको पहुँच र पूर्वाधार समस्याको गम्भीर चपेटामा परेको छ।” उनले दार्जीलिङ वर्तमानमा जोड्ने मुख्य राजमार्ग राष्ट्रीय राजमार्ग ११० (NH-110), जुन ब्रिटिशकालमा निर्माण गरिएको हो, अहिले दैनिक झण्डै १५,००० सवारीसाधनहरूको चाप सहन बाध्य रहेको र यो संख्या उक्त राजमार्गको वहन क्षमताको दोब्बरभन्दा बढी भएको औंल्याए।

उनका अनुसार यस्तो भीड़भाड़ विशेषगरी विद्यालय, कार्यालयको समय र पर्यटकीय सिजनमा अत्यधिक बढ्ने हुँदा स्थानीय बासिन्दा र पर्यटकहरू दुवैलाई गम्भीर असुविधा भोग्नुपरेको छ।

यस समस्याको समाधानस्वरूप विष्टले केन्द्र सरकारसँग सिलगढ़ीबाट बालासन हुँदै दार्जीलिङलाई जोड्ने वैकल्पिक राजमार्ग निर्माणको माग गरेका छन्। प्रस्तावित मार्गले खरसाङ, मिरिक, सोनादा, रङबुल, धोत्रे-पुसुमबेङ, सुकिया पोखरी, र पोख्रेबुङ उपत्यकाका गाउँहरूलाई समेत मुख्य राजमार्ग सञ्जालसँग जोड्नेछ, जसले दार्जीलिङको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने विष्टको भनाइ छ।

त्यस्तै, विष्टले दार्जीलिङ क्षेत्रको भौगोलिक कठिनाइ र पर्वतीय स्वरूपलाई ध्यानमा राख्दै ‘पर्वतमाला’ पहलअन्तर्गत रोपवे प्रणाली विकासको लागि पनि सरकारसँग अपिल गरेका छन्। उनले घूम–दार्जिलिङ, दार्जीलिङ–बिजनबारी, र डेलो–कालेबुङ–रेली–चित्रे जोड्ने रोपवे परियोजनाको प्रस्ताव संसदमा राख्दै यस्तो प्रणालीले न केवल यात्रा सजिलो र द्रुत बनाउनेछ, तर पर्यावरणमैत्री विकल्प प्रदान गरेर पर्यटनको स्तर समेत उच्च बनाउने विश्वास व्यक्त गरे।

सांसद विष्टले भने, “म पूर्ण रूपमा आशावादी छु कि सरकारको सहायतासाथ हामी दार्जीलिङको यातायात पूर्वाधारमा व्यापक सुधार ल्याउन सफल हुनेछौँ। यसले हाम्रो क्षेत्रको सर्वांगीण विकासमा मद्दत पुर्‍याउनेछ।”

सांसद राजु विष्टद्वारा उठाइएको वैकल्पिक मार्ग र रोपवे परियोजनाको मागले दार्जीलिङको दीर्घकालीन पूर्वाधार संकट समाधानतर्फ एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ। अहिले सरकारको प्रतिक्रिया र कार्यान्वयनमा जनताको चासो केन्द्रित हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ