फसल राम्रो, दाम छैन, इस्कुस कृषकहरू निराश

Share this news

मजुवा,21 जुलाई (निसं): सब्जीहरूमा लोकप्रिय मानिने इस्कुसको उत्पादन राम्रो भएपनि बजार भाउ खस्किएपछि कृषकहरूमा निराशता छाउन थालेको छ। इस्कुसको उत्पादन पहाडको प्रायः क्षेत्रहरूमा हुने गर्दछ। जसमा पनि दार्जीलिङ-पुलबजार खण्डको विभिन्न क्षेत्र रेलिङ ग्राम, कैंजले ग्राम, मजुवा ग्राम अन्तर्गत पर्ने विभिन्न ग्रामीण क्षेत्रहरूमा राम्रो उत्पादन हुने गर्छ। तर यसवर्ष भने फसल राम्रो भएपनि दाम नलागेपछि इस्कुस कृषकहरूमा निराशाको बादल मोडारिन थालेको छ। खेति योग्य सर्वस्व जमीन इस्कुसलाई तिलाञ्जली दिएर इस्कुसको खेतिमा लागेको कृषकहरूलाई बजारभाउ खस्किनाले धेरै नोक्सानी वेहोर्नु परेको छ। गत वर्षहरूमा उत्पादन संगै बजारभाउ सन्तोष जनक रहेको थियो भने यसवर्ष आफैले टिपेर प्रति किलोग्राम 5 रूँपिया गरे बिक्री भइरहेको छ। कृषकहरूको जिवीकोपार्जन संगै विभिन्न खर्चापात र बालबच्चाहरूलाई स्कूल, खाता किताब आदिको समस्या समाधानमा खर्चपात सबथोक टार्न हिँउदभरि मचान लगाएर भरोसा गरेको नगदेबाली इस्कुसको खेतिले लाज टार्न नसक्ने भएको कृषक महेन्द्र राईले बताए। बर्षा भरिको सबै खर्चपात धान्ने भरोसा गरेको खेतिले भनेजस्तो नभएपछि चाडबाड र मनोरञ्जनात्मक कार्यहरू सोचनीय हुने पनि उनले बताए। दु:ख कष्ट गरेर लगाएको खेतीले भनेजस्तो बजारभाउ नपाउनु ले र राम्रो उब्जनी नहुनु नै कृषकहरूको निम्ति खेतिपातीदेखी विमुख हुने प्रबल सम्भावना रहेको देखिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ