मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी बताउँछन् । दार्जीलिङ शहरदेखी लगभग 5 किलोमिटर दुरीस्थित सिंगताम चियाबारीको महत धुरामा गत रातीको भयानक हुरी-हुन्डरीले हेम्कुमार देवानको घरलाई रुख डलेर क्षतिग्रस्त बनाएको छ। घाटनाको समय परिवार घरभित्रै रहेको तर रुखले मानवीय नोक्सान नपुगेको राजा देवानले बताए। हिजो मध्यरातदेखि आएको हावा-पनीले दार्जीलिङ पहाडका विभिन्न क्षेत्रहरूमा क्षति पुराएको जानकारी रहेकोछ।

सिंगताम महतधुरामा रूख ढल्दा घर क्षतिग्रस्त, परिवार सुरक्षित रहेको जानकारी छ। थप जानकारी अनुसार, सिंगताम चियाबारी  महतधुरा स्थित हेमकुमार देवानको घरमा आइतबार बिहान लगभग 3 बजी आएको तीब्र हावा र वर्षाका कारण घर नजिककि ठूलो रूख ढल्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस घटनामा घरको बाथरूम-देखी अन्य संरचना पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। सौभाग्यवश, घरमा बसोबास गर्ने सम्पूर्ण परिवार सकुशल रहेका छन्। दार्जीलिङ सदर-1 समष्टिका अध्यक्ष अमृत योञ्जन तुरुन्तै घटनास्थलमा पुगेर निरीक्षण गरे। घटनाको गम्भीरता बुझी अध्यक्ष योञ्जनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापालाई जानकारी गराएका थिए। प्रमुख थापाले पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै घरको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्। स्थानीय प्रशासन र पार्टी प्रतिनिधिहरूको सहकार्यमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ