दार्जीलिङ, 20 जुलाई(निसं): जातीय मुद्दा र जनताको हितमा हामी अडिक भएर काम गर्ने प्रतिवद्धको सार्वजनिक गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ)-ले गोर्खा जातिको जातीय मुद्दाप्रति इमान्दारिताको साथ अघि बढ्ने पूनः दोहोराएको कुरा उठान गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा पार्टीको सांगाठनिक सभा सम्पन्न भएको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ)-युवा नेता प्रमोद राईले बताएका छन्।
राईको जानकारी अनुसार, सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस उपस्थित रहेका थिए।त्यसरी नै खरसाङबाट दया देवान,कालेबुङबाट त्रिभूवन राई,जोन ब्रीट्टो लेप्चा,दीपेन शेर्पा लगायत विभिन्न क्षेत्रहरूबाट पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।तीन घण्टा भन्दा लामो समयसम्म चलेको सभापछि पार्टीले जनताको हित अधिकारीसंग संगै गोर्खा जातिको जातीय मुद्दाप्रति इमान्दारिताको साथ काम गर्ने निर्णय लिएको पार्टीको पक्षबाट प्रमोद राईले बताएका छन्।आयोजित सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट कालेबुङ जिल्ला समितिको पदाधिकारीहरूलाई परिचय गराउने साथै परिचय आदान प्रदान गर्ने आदि जस्ता कार्यहरू गरिएको राईले बताए।त्यसरी गरी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका दार्जीलिङ नगरपालिका क्षेत्रका पार्टी कार्यकर्ता तथा पदाधिकारीहरूसंँग परिचयको आदान प्रदान भयो।सभामा जीटीए क्षेत्र तथा दार्जीलिङ पहाड साथै राज्यको वर्तमान राजनैतिक स्थितिहरूमाथि गहन चर्चा परिचर्चा गर्दै पार्टीको भावी कार्यक्रमहरूमाथि विचार विमर्श गरियो।आयोजित सभामा दार्जीलिङ पहाड तथा राज्यको वर्तमान राजनैतिक अवस्थामाथि चर्चा परिचर्चा गरेर भावी कार्यक्रमहरूको रूप रेखाहरू तय गर्ने निर्णय लिएका छन्।जनताले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट माथि धेरै आशा र भरोसाहरू साँचेर बसेका छन,जनताको आस्था र भरोसालाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टले कधापी तोड्ने छैन साथै गोर्खा जातिको जातीय मुद्दा र जनताको हितमा पार्टी सधै इमान्दारिताको साथ अघि बढ्ने छौ भनी
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ)-युवा नेता प्रमोद राईले बताएका छन्।












