A World Record in Political Dramatization

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

Share this news

विधायक निरज जिम्बाले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, मुख्यमन्त्रीको पछिल्लो सामाजिक सञ्जालको पोस्टमा दुधे क्षेत्रमा बनेको “ऐतिहासिक” ह्युम पाइप पुलको उद्घोष यस्तो ढङ्गले गरिएको छ, मानौं पश्चिम बंगालले विश्वको आठौँ आश्चर्य निर्माण गरेको हो। विवरण पढ्दै जाँदा थाह हुन्छ ,यो त ४६८ मिटर लामो, १३२ ह्युम पाइपले बनेको एउटा भेन्टेड कजवे मात्रै रहेछ। १६ दिनको श्रमलाई अहिले “रेकर्ड ब्रेकिङ उपलब्धि” का रूपमा प्रस्तुत गरिएको छ । साँच्चै, ममता ब्यानर्जीको शासनमा सामान्य कुरालाई असाधारण बनाउने कला पराकाष्ठामा पुगेको छ , ह्युम पाइपलाई हेडलाइनमा रूपान्तरण गर्ने कला। तर प्रश्न उठ्छ, यस्तो सामान्य कार्यको “उपलब्धि” किन मुख्यमन्त्री आफैले घोषणा गर्नुपर्‍यो ? के यो पुलको श्रेय कम्तिमा पनि यसको भौगोलिक क्षेत्राधिकारभित्र पर्ने जीटीए (GTA) लाई दिइनु हुँदैनथ्यो? तर, “सहकारी संघियता”,मुख्यमन्त्रीको मनपर्ने “तकिया शब्द” , सधैं त्यतिबेला मात्र याद आउँछ जब केन्द्र सरकारलाई दोष दिनु पर्छ, नकि जब स्थानीय निकायलाई श्रेय दिनुपर्ने हुन्छ। आजको युगमा जहाँ समुद्रमाथि पुल र पहाड मुनि सुरुङहरू निर्माण भइरहेका छन्, त्यहाँ बंगाल भने नदीमाथि पाइप बिछ्याएकोमा उत्सव मनाइरहेको छ। निःसन्देह, यो पनि एउटा विश्व रेकर्ड हो , निर्माणमा होइन, राजनैतिक नाटकीकरणमा। त्यसैले, वधाइ अवश्य दिनु पर्छ। पुलको निम्ति होइन, त्यो शब्दको पुलको निम्ति , जसले आत्मप्रशंसा र प्रतीकवादबीच सम्बन्ध जोडिदिन्छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारसङ्ग भेटे टोप्पोले

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आजको रोजाइ