अधुरो काम बन्यो जन समस्याको कारण

Share this news

मिनरल स्प्रीङ 5 जुलाई(निसं): धेरैले आर्थिक सहयोग पुर्‍याएको छ,गिटी, बालुवा, सिमेन्ट, काठपात आदि दिएर सामग्री सहयोग पुर्‍याएको छ, हत्केलाका ठेलाहरू फुटाएर,कम्मर ढाड दुखाएर श्रमदान दिएका छन्। स्थानीय मानिसहरूले पुर्‍याइएको उल्लेखित यी सहयोगहरुलाई पटक पटक पैह्रोले सोहरेर लगेको तितो सत्य पनि छ भनी क्षेत्रवासी बताउँछन्। क्षेत्रवासीले बताए अनुसार, वर्षैपछि श्रमदान गरी यातायात सुचारु राख्नुपर्ने वाध्यताले पिसिएका स्थानीय आँपबोटे अनि घट्टे गाउँका जनसाधारणले भोग्न परिरहेको समस्या समाधानको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तकदाह ग्लेनवर्ण समष्टिका अध्यक्ष पुलक मोक्तानको सक्रियतामा उल्लेखित समस्या जीटीए प्रमुख कार्यपाल अनित थापा कहा पुगेपछि गत 2023 सालमा उनकै उपस्थितिमा आँपबोटे घट्टे गाउँ जाने पैह्रो ग्रस्त सडकको मरमती कार्यको शिलान्यास गरिएको थियो। त्यस पश्चात् उक्त पैह्रो ग्रस्त सडकको मरमती कार्य गर्ने ठेका लिएका ठेकदारले उक्त मरमती कार्य सुचारु रुपले शुरूवात गरेका थिए भने दुई वर्षभन्दा अधिक समय बितिसक्दा पनि मरमती कार्य नसकिएकोले स्थानीय भुक्तभोगी जनसाधारणले समय समयमा गुनासो गर्दै आइरहेका छन्। दुई वर्षभन्दा अधिक समय बितिसक्दा पनि अझै सुस्त रूपमा काम चलिरहेको हुनाले उक्त सडक भएर ओहोर-दोहोर गर्ने जनसाधारण तथा यात्रुहरुलाई समस्या भ इरहेको तिनीहरूले जनाएका छन्। क्षेत्रवासीको गुनासो अनुसार, उक्त सडक मर्मत कार्य अवधि पुनः पैह्रोले सडकको निर्मित आधार देवल चर्किएपछि मर्मतको कार्य ठप्प राखिएको थियो भने विगत केही महिनाअघि एमओडी सभासद प्रणाम रसाइली, पर्यवेक्षक विगेन मिश्र, तकदाह-ग्लेनवर्ण समष्टिका अध्यक्ष पुलक मोक्तान तथा उनको टोलीमा आएका प्रतिनिधिहरु समक्ष स्थानीय मानिसहरूले उक्त अधुरो सडक मरमती सम्बन्धी गुनासो राखेका थिए।त्यस पश्चात् उक्त सडकको पैह्रोले क्षति पुर्याएको ढाँचा नष्ट गरी ढाँचागत सुधार संगै ठेकेदार द्वारा पुनः मर्मतको कार्य संचालन गरिएको थियो। जसोतसो आधार देवल अनि सुरक्षा देवलको कार्य गरिए पनि सोलिङको काम भने अधुरो रहेको हुनाले अहिले त्यही अधुरो काम जनसाधारणको निम्ति समस्याको कारण बनिरहेको छ। सडकको सतह मिलाउनको निम्ति पुराना सोलिङहरु पनि उप्काउन परेको अनि सडकको खाल्डो पुर्न माटो प्रयोग गरिएको हुँदा अहिले बर्खा झरीमा पानी पर्दा वाहनहरूलाई आउजाउ गर्न निकै समस्या भइरहेको वाहन चालकहरुको भनाइ छ।हिलो माटोले गर्दा वाहनहरु चिप्लिने गरेकोले विशेष गरी साना वाहनहरूलाई निक्कै समस्या अनि जोखिमपूर्ण रहेको उनीहरू बताउँछन्।यस विषयलाई लिएर सम्बन्धित ठेकेदारले उक्त अधुरो काम यथा शीघ्र पूरा गरिदिए असल हुनेथियो भनी बताउँछन्। आधा अधुरो कामले स्थानीय मानिसहरूलाई पुग्न ग एको असुविधा अनि भोग्न परिरहेको समस्या विषयलाई लिएर सम्बन्धित ठेकेदारसित जान्न चाहँदा उनले यसै सप्ताह भित्र उक्त अधुरो सोलिङको काम पूर्ण गरिदिने अनि ढलाई गरिने भनी बताएका छन्।  प्रशासनिक ओहोदामा बसेका पदाधिकारी, विभागीय अधिकारीहरुले आ आफ्नो जिम्मेवारी तथा दायित्व निर्वाह गरेँ पनि कार्यसित सम्बन्धित व्यक्तिहरू द्वारा मरमती अनि निर्माण कार्यमा ढिल्याई हुँदा जन गुनासोहरु सुनिने गरिएको छ। यसर्थ यस्तो जन गुनासोहरु आउनुभन्दा अगावै आफ्नो दायित्व निर्वाह गरिएको खण्डमा कसैले गुनासो गर्ने ठाँउ रहने छैन भनी सचेतकहरु भन्छन्। स्थानीय मानिसहरूको निम्ति गाढे घाउ बनेको उक्त पैह्रो ग्रस्त सडकको मरमती भएकोमा स्थानीय मानिसहरूले सबै पक्षप्रति आभार प्रकट गर्दे अधुरो काम पनि चाँडै पुरा हुनेछ भनी आशा राखेका छन्।




Share this news
आजको रोजाइ
गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

आजको रोजाइ