मिठा मिठा कविता वाचन संँगै दार्जीलिङ गोदुनिस-मा भानु जयन्ती 

Share this news

दार्जीलिङ, 20 जुलाई (निस): नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाका अमर दीपस्तम्भ आदिकवि भानुभक्त आचार्यको 212औँ जन्मजयन्ती गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङको आयोजनामा अत्यन्तै भव्य, गरिमामय तथा सांस्कृतिक उल्लासका साथ सम्पन्न भएको छ।
पद्मा देवान रङ्गशाला भवनमा आयोजित उक्त समारोह सम्मेलनका अध्यक्ष प्रवीण जिम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्य अकादमी पुरस्कारबाट सम्मानित वरिष्ठ कवि तथा साहित्यकार मनप्रसाद सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उपसमिति अध्यक्ष जतिस बराइली, समारोह संयोजक केशव गुरुङ तथा सम्मेलनका मूल सचिव भुवन गिरीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गरियो। त्यसपछि अध्यक्ष तथा प्रमुख अतिथिको बाहुलीबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी औपचारिक रूपमा समारोहको उद्घाटन गरिएको थियो।
सम्मेलनका मूल सचिव भुवन गिरीले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आदिकविप्रति श्रद्धा व्यक्त गरेका थिए। विशाल तामाङद्वारा कुशलतापूर्वक सञ्चालित कार्यक्रममा घुम बालिका उच्चतर विद्यालय, दार्जीलिङ तथा नेपाली कन्या उच्चतर विद्यालय, दार्जीलिङका विद्यार्थीहरूले भावपूर्ण रामायण पाठ प्रस्तुत गरी सभाहललाई भक्तिमय वातावरणमा रूपान्तरण गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित कविता वाचनमा विसन कार्की, नरेश कटवाल, किरण स्याङदेन, प्रमिता गुरुङ, मुन्ना तामाङ तथा सौभाग्य प्रधानले आफ्ना सिर्जनशील र भावपूर्ण कविताहरू प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए।
यसैगरी त्रिवेणी सङ्गीतालय तथा शारदेश्वरी कन्या उच्चतर विद्यालयका प्रशिक्षार्थी एवं विद्यार्थीहरूले प्रस्तुत गरेका लोक तथा सांस्कृतिक नृत्यहरूले कार्यक्रममा थप रौनक भरे। दार्जीलिङका चर्चित सांगीतिक समूह कार्निभलका गायक सुशील प्रधान तथा सूचना एवं सांस्कृतिक विभागकी चर्चित गायिका जयकला तामाङले आफ्ना सुमधुर लोकगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँदै कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाएका थिए।
कार्यक्रमको अर्को महत्त्वपूर्ण चरणमा कवि योगिता राईले प्रमुख अतिथि मनप्रसाद सुब्बाको साहित्यिक व्यक्तित्व र योगदानमाथि प्रकाश पारे। त्यसपछि मन्तव्य राख्दै प्रमुख अतिथि सुब्बाले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनामा रहेको ऐतिहासिक योगदानबारे गहन विश्लेषण प्रस्तुत गरे। उनले भानुभक्तको साहित्यिक दृष्टि, भाषिक योगदान र सामाजिक चेतनाका विविध आयामहरूलाई उजागर गर्नुका साथै आफ्ना केही मार्मिक तथा सशक्त कविताहरू पनि वाचन गरेका थिए।
यस अवसरमा गोर्खा दुःख निवारक सम्मेलनका अध्यक्ष प्रवीण जिम्बाको बाहुलीबाट प्रमुख अतिथि मनप्रसाद सुब्बालाई दोसल्ला प्रदान गर्दै मायाको चिनोस्वरूप स्मृति-चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।
समारोहको समापनतर्फ अध्यक्षीय सम्बोधन राख्दै प्रवीण जिम्बाले गोर्खा दुःख निवारक सम्मेलनले विगतदेखि नै आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई निरन्तर गरिमापूर्ण रूपमा मनाउँदै आएको उल्लेख गरे। उनले आदिकविको योगदानले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै भाषा संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा यसको हस्तान्तरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। साथै, आगामी जनगणनामा आफ्नो मातृभाषा ‘नेपाली’ र जातीय पहिचान ‘गोर्खा’ उल्लेख गर्न सम्पूर्ण समुदायलाई सचेत रहन आग्रह गरे।
अन्त्यमा अध्यक्ष जिम्बाले समारोह सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण संस्था, कलाकार, साहित्यकार, शिक्षक, विद्यार्थी, अतिथि तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
समारोह सम्पन्न भएपछि उपसमिति अध्यक्ष जतिस बराइली तथा संयोजक केशव गुरुङले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति कृतज्ञता व्यक्त गरियो।

Share this news
आजको रोजाइ
केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

आजको रोजाइ