चिया बगानहरूमा मिनिमम वेजेस लागुमा आईजीजेएफ-को माग

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): राज्य सरकारले चाँडै नै मिनिमम वेजेसको अधिसूचना जारी गर्ने श्रम मंत्रीको निर्णयप्रति हामी आभारी छौ भनी डीके गुरूङले बताएका छन्।
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ(एचएचटीडीटीएलयु) केन्द्रीय अध्यक्ष डीके गुरुङले बताए अनुसार,राज्य सरकारले मिनिमम वेजेस-बारे शीघ्रनै अधिसूचना जारी गर्ने जानकारीको पाएपछि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राज्यको श्रम मंत्रीप्रति आभार जनाएका छन्।चिया बगानहरूमा मिनिमम वेजेस लागु गरिनु पर्छ भन्ने धेरै पूरानो मांग हो।यस मांग विषय लिएर हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले धेरै अघिदेखि राज्यको श्रम मन्त्रायदेखि लिएर सम्बन्धित विभागीय अधिकारीहरूसंँग भेटवार्ता गर्ने ज्ञापन चढाउने आदि जस्ता कार्यहरू गर्दै आईरहेकोछ।पश्चिम बंगाल राज्यमा डब्बल इञ्जिन सरकार गठन भएपछि गत केही सप्ताह तथा महिना अघि मात्र हाम्रो हिल तराई डुवर्स तराई चियाबारी श्रमिक संघले श्रम विभाग मार्फत राज्यको श्रम मंत्री अर्जुन सिंहलाई हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले ज्ञापन पत्र चढाएका थिए। यसै बिच राज्यको श्रम मंत्रलयले चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गर्ने अधिसूचना जारी गर्ने खबर रहेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले बताएका छन्।यी सबै विषयहरूलाई ध्यानमा राख्दै आज हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय कार्यालयमा केन्द्रीय नेतृत्वहरूको बातचित भएको अध्यक्ष गुरूङले बताए।उनले अघि भनेका छन्, राज्यमा अघिल्लो सरकारको समय देखि नै हामीले चिया बगानहरूमा मिनिमम वेजेस लागु गरिनु पर्छ भन्ने माग गर्दै आएका हौ।अहिलेको महंगाईमा 2 सय 50 रूपियाँको रोजीले पुग्दैन,त्यसकारण सरकारले चिया श्रमिकहरूको हितमा अविलम्ब मिनिमम वेजेस लागु गर्नु पर्छ भन्ने हाम्रो माग हो।मिनिमम वेजेसको मांग लिएर हामीले विगत दिनमा कोलकताको श्रम विभागीय कार्यालय तथा श्रम मन्त्रालय अघि प्रदर्शन समेत गरेका थियौ।
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ(एचएचटीडीटीएलयु) केन्द्रीय अध्यक्ष डीके गुरुङले भनेका छन्,विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार राज्यको श्रम मन्त्री अर्जुन सिंहले चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गर्नलाई सरकारको पक्षबाट अधिसूचना जारी गर्ने खबर छ।यसको निम्ति हामी अघिबाटै राज्यको श्रम मंत्री अर्जुन सिंहप्रति आभार जनाएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्।

Share this news
आजको रोजाइ
केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

आजको रोजाइ