AAGSU 18th Biennial Convention
AAGSU 18th Biennial Convention

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

Share this news

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न भयो. उक्त अधिवेशनमा नुमाल छेत्री केन्द्रीय सभापति तथा सोमराज सुनार मूल सचिवमा चयन भएका छन्। असमको धेमाजी जिल्ला अन्तर्गत सिलापाथारस्थित दोन्यी–पोलो कम्प्लेक्समा अखिल असम गोर्खा छात्र सङ्घ (AAGSU) को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

अधिवेशनमा असमका विभिन्न जिल्ला समितिबाट आएका प्रतिनिधि, पदाधिकारी तथा विद्यार्थी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ सङ्घको झण्डोत्तोलन तथा शहीद एवं दिवंगत व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्मृति तर्पण कार्यक्रमबाट गरिएको थियो। त्यसपछि प्रतिनिधि सभाको औपचारिक उद्घाटन सम्पन्न भएको थियो।

अधिवेशनको अवसरमा सन् २०२६ को उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका कृतिशील विद्यार्थीहरूलाई अभिनन्दनपत्र प्रदान गरी सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमपछि प्रतिनिधि सभा प्रारम्भ भई सङ्गठनको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको थियो। प्रतिनिधि सभाको निर्णयअनुसार नुमाल छेत्री केन्द्रीय सभापतिमा तथा सोमराज सुनार केन्द्रीय मूल सचिव पदमा चयन हुनुभएको छ।

स्मरण गराइन्छ, जसरी उत्तर-पूर्वी राज्यहरूतिर विद्यार्थीहरूको सङ्गठन खुवै सशक्त र सक्रिय हुन्छन्, त्यसरी नै असममा पनि गोर्खा विद्यार्थीहरूको सङ्गठन खुवै सशक्त र सक्रिय रहिआएका छन्। जसले गोर्खाहरूको हकहितका लागि यो सङ्गठन लड्दै आएको छ।

Share this news
आजको रोजाइ
AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

आजको रोजाइ