चिम्नी देउराली ग्राम पन्चायत गोर्खा जनमुक्ति मोर्चाको झोलीमा

Share this news

चिम्नी देउराली ग्राम पन्चायत कार्यालयमा पन्चायत बिकास अधिकारी खरसाङ ब्लकको उपस्थिति र निगरानीमा मङ्गलबार बसेको एक औपचारिक सभामा बिमल तामाङ्ग पुनः प्रधानमा नियुक्ति भएका छन् भने उक्त ग्राम पन्चायतमा बिगत दिनमा बिजेपीका उप प्रधान अनुपा सुब्बाले आफ्नो राजीनामा दिएपछि उक्त उपप्रधानको पदमा भर्खरै भागोप्रमोबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका दिपेश थापालाई राखिएको छ। यसरी नै चिम्नी देउराली ग्राम पन्चायतको पाँच सदस्यीय बोर्डमा मोर्चाको पक्षमा अन्य एकजना सदस्या श्रीमती शारदा थापा रहेकी छिन् भने बिपक्षी बेन्चमा एकजना बीजेपी अनि एकजना भागोप्रमोका सदस्य रहेका छन्। यसरी पुर्णरूपमा चिम्नी देउराली ग्रमा पन्चायतमा गोर्खा जनमुक्ति मोर्चाको हाउस गठन भएको छ ।

यसकार्यलाई साक्षी दिन सरकारी अधिकारीहरू सङ्गै गोर्खा जनमुक्ति मोर्चा पार्टीबाट केन्द्रीय उपाध्यक्ष श्री प्रदीप प्रधान, महकुमा सभापति श्री योगेन्द्र राई, पार्टी केन्द्रीय सदस्य श्री सुरज छेत्री, पार्टी खरसाङ टाउन कमिटी अध्यक्ष श्री देबु गुरूङ, चिम्नी देउराली पार्टी ब्लक अध्यक्ष श्री बी बी राई, ब्लक सचिव श्री भानु राई, भुतपुर्व सैनिक मोर्चाका खरसाङ महकुमा सदस्य श्री शिवकुमार राई, चिम्नी देउराली पार्टी ब्लक सदस्य सुजन तामङ लगायत अन्य पार्टीको सदस्य / सदस्याहरूको ब्यापक उपस्थिति रहेको कुरा गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय उपाध्यक्ष बिकास खवासले एक बिज्ञप्ति जारी गरेर बताएका छन्।
अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाले सिन्कोना श्रमिकमैत्री अभियान अन्तर्गत आज केन्द्रीय अध्यक्ष श्रीमान बिमल गुरुङ को विशेष उपस्थिति साथै ३९ नम्बर समष्टि संयोजक श्री अर्जुन छेत्री (अशोक) को सहयोगमा ३९ नम्बर समष्टि अन्तर्गत साङसे सिन्कोना विभागका सम्पूर्ण खटिखाने श्रमिकहरूलाई वर्षायामलाई मध्यनजर गर्दै छाता वितरण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै श्री अर्जुन छेत्री (अशोक)ले गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट वर्खायाममा यसपटक छाता वितरण गर्दै गोर्खा जनमुक्ति मोर्चा संधै श्रमिक वर्गको सुख-दुःखमा साथमा उभिने पार्टी भएकै कारण उहाँले आगामी वर्ष श्रमिकहरूको सुविधाका लागि छातासँगै गमबुट र हाथमा लगाउने पञ्जा समेत उपलब्ध गराइने तथा अन्य विभागका श्रमिकहरूलाई पनि समय मिलाएर यस्ता आवश्यक सामग्री वितरण गरिने जानकारी दिनुभयो।

यस अवसरमा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्षले पार्टी सदैव श्रमिकहरूको हितको निम्ति अघि आएर काम गर्ने बिगतमा सिन्कोना श्रमिकहरूको धेरै समस्याको समाधान आफ्नो पालोमा गरेको स्मरण गराउँदै भविष्यमा पनि यसरी नै श्रमिक हितको निम्ति काम गर्ने भनेका छन् ।

गोर्खा जनमुक्ति मोर्चा केवल एउटा राजनीतिक पार्टी मात्र नभई पहाड, तराई र डुवर्सका श्रमिक, मजदुर तथा आम जनताको आवाज बोकेको क्षेत्रीय शक्ति हो। श्रमिकहरूको हक, अधिकार र सम्मानको संरक्षण गर्दै उनीहरूको जीवनस्तर बलियो बनाउन पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

Share this news
आजको रोजाइ
कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

सुकेपोखरी–पोख्रेबोङ सडकको मर्मतमा चालक र ट्राफिकको संयुक्त पहल, स्थायी मर्मतको माग।

सुकेपोखरी–पोख्रेबोङ सडकको मर्मतमा चालक र ट्राफिकको संयुक्त पहल, स्थायी मर्मतको माग।

आजको रोजाइ