एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

Authored By: सिस्टर वन्दना सुब्बा।

Share this news

आज १५ जुलाई। विश्वभरका ‘सिस्टर्स अफ सेन्ट जोसेफ अफ क्लुनी’का लागि यो दिन अत्यन्तै विशेष र गौरवमय छ। आज हामी हाम्रो संस्थाकी संस्थापिका धन्य आनमारी जाहुवे ‘Blessed Anne-Marie Javouhey’ को ‘फिस्ट डे’ ‘Feast Day’ मनाइरहेका छौँ। यो दिन हाम्री संस्थापिकाको जीवन, उहाँको अदम्य साहस र उहाँले रोप्नु भएको सेवाको बीउलाई स्मरण गर्दै साथै वास्तवमा, १५ जुलाई १८५१ मा धन्य आनमारी जाहुवेले पेरिसमा आफ्नो भौतिक संसारको यात्रा पूरा गरी ईश्वरीय शान्तिमा प्रवेश गर्नु भएको थियो। उहाँको यही परिनिर्वाण वा स्वर्गारोहणको दिनलाई क्याथोलिक चर्चले उहाँको ‘फिस्ट डे’ को रूपमा स्मरण गर्दछ। उहाँले आफ्नो जीवनभर मानिसहरूको पीडा कम गर्न, शिक्षाको ज्योति फैलाउन र सीमान्तकृत समुदायको उत्थानमा दिनरात समर्पण गर्नु भयो। विशेष गरी फ्रान्सेली गुयाना र अफ्रिकामा दास प्रथा विरुद्ध उहाँले गर्नु भएको संघर्षका कारण उहाँलाई ‘न्यु वर्ल्डमा दासहरूको मुक्तिदाता’को रूपमा चिनिन्छ।

यस वर्ष हामी क्लुनी परिवार शताब्दी महोत्सव ‘Centinneal Year 2026’ -को ऐतिहासिक सन्दर्भ हाम्रो संस्थाको नाम फ्रान्सको ‘क्लुनी’ “Cluny” गाउँबाट आएको हो, जहाँबाट सन् १८०७ मा सेवाको यो ज्योति प्रज्वलित भएको थियो। आज विश्वव्यापी बनेको यो मिसन सन् १९२६ मा कालिम्पोङमा पाइला टेकेर हाम्रा अग्रज सिस्टरहरूले रोपेको सेवाको सानो बीउ आज एक विशाल वटवृक्ष बनेको छ। यस क्षेत्रमा सेवाको एक सय वर्ष पूरा गर्दै ‘शताब्दी महोत्सव’ “Centenary Year’ मनाइरहँदा हामी ती महान् सिस्टरहरूप्रति नतमस्तक छौँ, जसले कठिन परिस्थितिमा पनि सेवाको ज्योति बाल्नु भयो। बहुआयामिक सेवा र हाम्रो प्रतिबद्धता संस्थाको सेवा केवल स्वास्थ्य, शिक्षा र पास्टरल सेवामा मात्र सीमित छैन। वर्तमान युगको आवश्यकतालाई आत्मसात् गर्दै हामी निरन्तर नयाँ पाइला चालिरहेका छौँ।

बालबालिकालाई अवैध श्रमबाट जोगाउने ‘बाल सुरक्षा अभियान’ (BSA) कालिम्पोङ होस् वा कृषि क्षेत्र, कारागारहरुमा काउन्सिलिङद्वारा हाम्रो सक्रिय सहभागिताले सिस्टरहरूको बहुआयामिक सेवालाई उजागर गर्दछ साथै प्रत्येक वर्ष झै यस वर्ष पनि  तारिख ०६ जुलाईदेखि १४ जुलाई २०२६ सम्म आयोजित नौ दिने नोभेना प्रार्थना  मार्फत हामीले क्लुनी एसोसिएट्सहरूसँग मिलेर आनमारी जाहुवेका मानवीय मूल्य-मान्यताहरूलाई पुनः अनुभूत गर्ने अवसर पायौँ।धन्य आनमारी जाहुवेको प्रेरणाले हामीलाई धर्म र समुदायभन्दा माथि उठेर मानवताको सेवा नै सर्वोपरि धर्म हो भन्ने सिकाउँछ।

आजको यस विशेष दिनमा, हामी सम्पूर्ण क्लुनी सिस्टरहरूको तर्फबाट हाम्रा विशपज्यू, पुरोहितवर्ग, सिस्टरगण, क्लुनी एसोसिएट्सहरू, ख्रीष्ट विश्वासीहरू, विद्यार्थीहरू, शिक्षकहरू, स्वास्थ्यकर्मीहरू, पास्टरल मिसनका सहकर्मीहरू तथा हामीलाई माया र सद्भावना दिने सम्पूर्ण महानुभावहरूमा धन्य आनमारी जाहुवेको विशेष स्मृतिको अवसरमा, हाम्रो “फिस्ट डे – Feast Day” को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। धन्य आनमारी जाहुवेको जीवन र आदर्शबाट प्रेरित भई, हामी आगामी दिनहरूमा पनि थप निष्ठाका साथ मानव सेवामा समर्पित रहने प्रण गर्दछौँ। उहाँले थालनी गर्नुभएको सेवाको यस महान् मिसनलाई हामी जहाँ-जहाँ कार्यरत छौँ, त्यहाँ अझ बढी साहस, आँट र दृढ जोशका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।

शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणको माध्यमबाट समाज सुधार एवं राष्ट्रको उन्नतिमा योगदान पुर्‍याउन हामी सदैव तत्पर रहनेछौँ। धन्य आनमारी जाहुवेको मार्ग दर्शनलाई आत्मसात गर्दै, उहाँको सेवाको भावनालाई कार्यरूपमा उतार्न हामी सदैव प्रयत्नशील रहने छौँ। यो विशेष अवसरमा उहाँको कृपा र आशीर्वाद हामी सबैमा रहिरहोस् भन्ने कामना गर्दछौ।

Share this news
आजको रोजाइ
टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एक शताब्दीको सेवा यात्रा: धन्य आनमारी जाहुवेको पाइलामा क्लुनी सिस्टरहरू।

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

एफसीआइद्वारा रु.१,१६० करोडको चामल घोटालाको दाबी अस्वीकार

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

अरुणाचलमा पहिलो नदी-ऊर्जा परियोजना गर्न भारत-नर्वेबीच सम्झौता

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

फडणवीससँग एनसीपीका2पक्षीय नेताको भेटले महाराष्ट्र राजनीतिमा नयाँ मोड

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फाइनल पुग्यो

आजको रोजाइ