सञ्चार क्षेत्रको स्थिति, चुनौती र आगामी दिशामा डिजिटल सोसाइटीसँग चर्चा

Share this news

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउँनुहुँदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै सो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो । साथै, पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाले जोड दिनुभयो ।

सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको बताउनुभयो । गलत, भ्रामक तथा नियोजित रूपमा फैलाइने गत सूचना, कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिने नक्कली सामग्री (डीपफेक) तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकासन एवम् प्रसारण बढिरहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यो अहिल सञ्चार क्षेत्रसमक्ष देखिएको सबैभन्दा गम्भीर चुनौती बनेको बताउनुभयो । यस्ता चुनौतीहरूको समाधान विद्यमान नीति, कानुन र संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरेर खोजिने बताउनुहुँदै उहाँले प्रभावकारी नभएका कानुनी प्रावधान पहिचान गरी आवश्यक संशोधन तथा परिमार्जन गरिने जानकारी दिनुभयो । आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि छलफल सुरु भइसकेको जानकारी दिनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबै सरोकारवालाको सुझावका आधारमा ती विधेयकलाई समयानुकूल र व्यावहारिक बनाइने बताउनुभयो ।

छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो । प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण, नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चारमाध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उहाँहरुको धारणा थियो । डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने, सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएको थियो ।

छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो।

Share this news
आजको रोजाइ
उर्मिला घिसिङ स्मृति साहित्य सम्मान लेखिका मातृका गजमेरलाई प्रदान गरिने

उर्मिला घिसिङ स्मृति साहित्य सम्मान लेखिका मातृका गजमेरलाई प्रदान गरिने

व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

के सामाजिक सञ्जालले ओसीडीका घटनाहरूमा वृद्धि भइरहेको छ ?

के सामाजिक सञ्जालले ओसीडीका घटनाहरूमा वृद्धि भइरहेको छ ?

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

होर्मुजमा इरानी आक्रमण: 2 यूएई ट्याङ्कर निशानामा, एक भारतीयको मृत्यु

होर्मुजमा इरानी आक्रमण: 2 यूएई ट्याङ्कर निशानामा, एक भारतीयको मृत्यु

एसबीआई फन्ड्स म्यानेजमेन्टको आईपीओ खुला : ठूलो लगानी हुने  

एसबीआई फन्ड्स म्यानेजमेन्टको आईपीओ खुला : ठूलो लगानी हुने  

खरसाङ कलेजकी प्रा. रीना सुब्बा स्रस्टा पुरस्कारद्वारा अलङ्कृत

खरसाङ कलेजकी प्रा. रीना सुब्बा स्रस्टा पुरस्कारद्वारा अलङ्कृत

सञ्चार क्षेत्रको स्थिति, चुनौती र आगामी दिशामा डिजिटल सोसाइटीसँग चर्चा

सञ्चार क्षेत्रको स्थिति, चुनौती र आगामी दिशामा डिजिटल सोसाइटीसँग चर्चा

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

विश्वकप सेमिफाइनलमा फ्रान्स-स्पेन भिड्दै: एम्बाप्पे-यामालबीच प्रतिस्पर्धाको प्रतीक्षा

विश्वकप सेमिफाइनलमा फ्रान्स-स्पेन भिड्दै: एम्बाप्पे-यामालबीच प्रतिस्पर्धाको प्रतीक्षा

आजको रोजाइ