Bhanu Jayanti 2026 Geyzing Sikkim
Bhanu Jayanti 2026 Geyzing Sikkim

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

Share this news

गजिङ जिल्लाकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न भएको छ । कार्यक्रमकाे प्रथम चरणमा गेजिङको क्याेङसामा अवस्थित भानु शालिगमा मुख्य अतिथि एंव विशिष्ट अतिथिकाे वाहुलीबाट माल्य अर्पण गरेपछि सार्वजनिक भवनमा विविध साहित्यिक कार्यक्रमकाे साथमा यसै जयन्तीलाई पालन गरिएको छ। समारोहमा भवन तथा आवस विभागका मन्त्री भिमहाङ सुब्बा, आयाेजक समितिका अध्यक्ष जिल्लापाल गेजिङ तेन्जिङ डी डेन्जाेङपा सहित विभिन्न विभागका अधिकारीगण विभिन्न सल्लाहकारगण अध्यक्षगण, विभिन्न संघ -संस्था, विधालय अनि जिल्ला प्रशासन पश्चिम सिक्किम साहित्य प्रकाशनका मुल स्तम्भ यानी पद्मश्री केदार गुरुङ , स्थानीय विधालयका प्रमुख सरकारी कर्मचारी अनि विभिन्न पुरस्कारद्वारा पुरस्कृत व्याक्तिहरूकाे उपस्थिति रहेकाे थियोे । गेजिङ क्योङसामा अवस्थित विश्वकै सबै भन्दा ठुलो भानु सालीकमा माल्यार्पण पछी सार्बजनिक भवनमा आएर कार्यक्रममा परिणत भएको थियो। कार्यक्रमको शुरु गर्न अघि साहित्यकारहरुलाइ भव्य स्वागत गरियो ।

आयोजक समितिका अध्यक्ष तथा पश्चिम जिल्लापाल तेन्जिङ डि डेन्जोङ्पाले प्रतेक वर्ष गेजिङमा जिल्ला स्तरीयरुपमा कार्यक्रम आयोजना गरेको र यो पश्चिम सिक्किम साहित्य प्रकाशन र जिल्ला प्रशासनको ठुलो उपलब्धि रहेको आफ्नो स्वागत सम्बोधनमा बताए। आजको कार्यक्रममा प्रकाशनले प्रतेक वर्ष तिनवटा विदामा प्रदान गरिने स्रष्टा पुरस्कार यस वर्ष कविता विधामा दक्षिण सिक्किमको जोर्थाङ निवासी बुनु परियारलाई उनको चर्चित कविता ‘नारी हुनु घिन होइन’ का लागि पुरस्कृत गरिएको छ। त्यसैगरी कथा विधामा वरिष्ठ साहित्यकार टिम्बुरबुङ निकासी जी. के. शर्मा (भट्टराई) उनको प्रभावशाली कथा चिन्तन प्रवाह ९ औं कथा संग्रह ‘बेघर मान्छे’ का लागि छनोट भएका छन्। निबन्ध विधा तर्फ मकैबारी–थापाथली, खर्साङ निवासी प्रा. रीना सुब्बा उनको विचारोत्तेजक निबन्ध ‘साहित्य लेखन र लेखक समुदायमा लैङ्गिक विभेद’ का लागि पुरस्कृत भएकी छन्।

सन् १९९५ देखि नियमित रूपमा प्रदान हुँदै आएको यो पुरस्कारले अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यका प्रतिभाशाली स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। हालमा यो पुरस्कारको प्रायोजन गेजिङ अमचोङ निवासी भवानी शंकर गौतम परिवारद्वारा प्रायोजन गरिँदै आएको छ। साहित्यिक योगदानलाई कदर गर्ने यस अभियानमा गौतम परिवारको निरन्तर सहयोग उल्लेखनीय रहेको प्रकाशनले जनाएको छ। यसैबीच,आजको कार्यक्रममा ‘उपमान बस्नेत स्मृति साहित्य पुरस्कार’ यस वर्ष नाम्ची, दक्षिण सिक्किमको दिउ–दामथाङ निवासी वरिष्ठ साहित्यकार पेम नर्बु शेर्पालाई प्रदान गरेको छ ।सम्मन जनाउने क्रममा पश्चिम जिल्लाका १२ औं स्रेणीमा लिम्बु , नेपाली, लेप्चा ,भोटिया भाषामा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीहरुलाइ पनि सम्मान जनाउदै स्मृति चिनह प्रदान गरिएको छ।जस्मा विनय गुरुङ नेपाली भाषा दराप वरिष्ठ माध्यमिक विद्यालयबाट, याकिन हाङ लिम्बु लिम्बु गेरेथाङ वरिष्ठ माध्यमिक विद्यालयबाट लिम्बु भाषामा, पासङ छोडे भोटिया पेलिङबाट भोटिया भाषामा र जाङ्मु लेप्चा टासिडिङबाट लेप्चा भाषामा थिए ।

कार्यक्रममा तीन जना साहित्यकारहरुको पुस्तक विमोचन गरेको छ जस्मा युवा साहित्यकार विष्णु तिमसिना मार्ताम निवासीद्वारा लिखित कथा संग्रह अमृत मनको आवाज विमोचन गरियो भने सृनागी निवासी विनोद कुवर राणाको उपन्यास संग्रह सोल्टिको लौरो विमोचन गरियो यसैगरी वरिष्ठ साहित्यकार जी के शर्मा भट्टराईको नवौं कथा संग्रह चिन्तन प्रवाहको विमोचन गरेको छ। यसरी विभिन्न रोचक संस्कृति कार्यक्रमको साथ सम्पन्न कार्यक्रममा मुख्य अतिथि मन्त्री भिमहाङ सुब्बाले सम्बाेधन गर्दै पश्चिम जिल्लामा साहित्यकाे ठुलाे विकास भएर गएको पाइन्छ । पश्चिम सिक्किम साहित्य प्रकासनले साहित्यकाे सुर्याेदय गराएको छ । यहाँ धेरै साहित्यकारकाे जन्म गराएको छ । विश्वलाई शिर्ष स्थानमा पहिचान गराउने अनि तीर्थकै रूपमा परिचय भएको स्थान भारती नेपाली अनुसन्धान केन्द्र । याे स्थानलाई अझ विकास गर्नुपर्छ भन्ने बताए । उनले याे स्थानलाई साहित्यकाे तर्थस्थलकै रूपमा लिनुपर्छ भन्ने बताएका छन । याे विश्वस्तरकाे बृहत् पर्यटक स्थल र यसलाई सबैले आफ्नोस्तरबाट पहल उठाएर विकास गर्न अग्रसर हुन पर्ने आवहण गरेका छन् ।

उनले भानुभक्तको विषयमा उनले धेरै जानकारी दिए । कवि साहित्यकारले उद्घृत गरेकाे भावलाई साहित्य भनिन्छ । सम्वेदना सबैमा हुन्छ कतिले यसलाई निकालदैनन् । निकाल्नेहरू साहित्यकार भएका छन् । भाषा साहित्य संस्कृति र सस्कारलाई जगेडा मात्रै होइन याे उत्पत्तिको विषयमा पनि सजग हुन आवश्यक रहेकाे बताए । उनले भानुभक्तकाे भिमकाय मुर्ति जिर्ण अवस्थामा रहेकाे छ, यसलाई आलाेचना होइन, जिम्मेवारी लिनुपर्छ भन्ने बताए । समाजमा भएका सबैकाे जिम्मेवारी यो विषयमा ठहर्छ । अब यो भानु भक्तकाे मुर्तिकाे मरमति र रङ पाेत्ने काम चाडै गरिनुपर्छ भन्ने बताएका छन्। नकारात्मक प्रभावमा नजाउ सकारात्मक पक्षमा जानुपर्छ भन्ने बताए। वहाँले यस कार्यक्रमलाई जातीय एकताको रुपमा मनाइएको बताउदै, सिक्किममा विस्वको सबैभन्दा ठूलो भानु सालिग गेजिङमा छ जस्ले संरक्षण गरेर राख्नुपर्ने आवहान गर्दै यस्तो एतिहासिक कार्यक्रमले भाषा, समाज र देशको नाम उच्च हुने बताए । साहित्य समाजको गहना हो जुन ब्याक्तित्वहरुले साहित्यको बिकास गर्छ भने उनै अजर र अमर ब्याक्तित्वहरुलाइ संधै सम्मान गर्नुपर्ने बताए । यस बाहेक कार्यक्रमलाई अभिनन्दित ब्यक्तित्व जीके शर्मा भट्टाराईले साहित्यिक सम्बोधन राखे भने अन्यले पनि
सम्बोधन गरेका थिए ।

यसैगरी साहित्यिक गाेष्ठी रामायणपाठ, लोकगित प्रतियोगिता कार्यक्रममा यहाँका धेरै सरकारी अनि निजी विधालयका विद्यार्थी सहित सस्थाहरूले सहभागी जनाएका थिए, जुन रचना पाठ गर्ने कार्यक्रम गत ११ जुलाईमै भएको थियोे जसबाट कार्यक्रममा प्रतियाेगितात्मक रूपमा सम्पन्न भएकाे खुला रामायण पाठ साथै विभिन्न साहित्य बिधामा प्रथम दाेस्राे र तेस्रो अनि, विभिन्न प्रतियोगितामा भाग लिनेलाइ आयोक समितिको तर्फबाट प्रमाणपत्र साथै पारिताेसिक मुख्य अतिथि साथै बिशिस्ट अतिथिको बाहुलिबाट प्रदान गरियो । यस अघि कार्यक्रमा समारोह समितिका अध्यक्ष जिल्लापालले स्वागत सम्बोधन राखेका थिए भने साहित्यकार एवं प्रकाशन कि सचिव फुर्वा खाण्डु शेर्पाले भानुभक्तको जीवनी साथै उनको कृतिमाथि प्रकाश पारेका थिए ।यस्यै प्रकारले भानु जयन्ती कार्यक्रम यस बाहेक देन्ताममा पनि मिरमिरे साहित्य मंचका संघमा अध्यक्ष छिरिङ पान्जो शेर्पाको अगुवाइमा साधारण तरिकाले सम्पन्न भयो।।


Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ