बीटीएचएस कौस्तुभ जयन्ती आयोजक समितिको सभा

Share this news

टिस्टा-पेशोक,13 जुलाई (निसं):टिस्टा ब्रिज उच्च माध्यामिक विद्यालयले 75 वर्ष पूरा गरेको अवसरलाई यस वर्ष कौस्तुभ जयन्तीलाई पर्वको रुपमा पालन गरिने तयारी गरिरहेको छ् भने यस बिशेष अवसरलाई अझ आकर्षक बनाउन टीबीएचएस अल्मुनाई संगठनले पनि जोरतोरले तयारी गरिरहेको जानकारी  सचिव सन्तोष प्रधानले दिएका छन्।जानकारी अनुसार, विशेष आगामी 8 अगस्तको दिन खुल्ला म्याराथन दौड्को आयोजनालाई लिएर संगठनका कार्यकारी समिति एवं सल्लाहकारलाई लिएर सभा बस्यो। संगठन सभापति किशोर कुमार प्रधानको अध्यक्षतामा सम्पन्न सभामा सचिव सन्तोष प्रधानले सभाको विषय बस्तु पेश गरे।विशेष गरेर अल्यूम्नाई संगठनको कार्य सुचारु ढंगमा संचालन हेतु वर्किङ प्रेसिडेन्ट-को पदमा यौवन थापालाई चयन गरियो भने उपाध्यक्षको पदमा देव कुमार छेत्री (बडा मंगवा)-लाई चयन गरियो। सहकोषाध्यक्षको रुपमा नन्द कुमार छेत्री, सहसचिव शरण छेत्री आदिलाई आजको सभाले सर्वसम्मति द्वारा चयन गरियो। सभामा आगामी 8 अगस्त दिन सम्पन्न हुने म्याराथन दौड्मा खुल्ला पुरुष वर्गको पाँच किलो मिटर अनि दस किलो मिटर म्याराथन दौड साथै विद्यार्थीको(छात्र-छात्राहरु) निम्ति पनि पाँच अनि दस किलो मिटर राखिएको आजको सभाले प्रस्ताव ग्रहण गर्‍यो। उक्त दिनको निम्ति के कस्ता चाँजो गरिनु पर्ने भन्ने बारे गहन चर्चा पनि गरिएको थियो।  सभामा संगठनका आजीवन सदस्यको निम्ति  पेशोक, बडा मंगवा, तक्लिङ, सोरेङ, चेग्रा, मल्ली, किर्ने, रम्बी आदि क्षेत्रहरुमा प्रतिनिधि एवं संयोजकहरु चयन गरेर दायित्व सुम्पिएयो कोषाध्यक्ष द्वारा कहाँ बाट अनि कता संग्रह गरियो अनि खर्च गरियो भन्ने बारे फाँट्वारी पेश गरियो। आगामी 8 अगष्टको उक्त म्याराथनलाई सफल पार्न सबैले दिलो ज्यानले खटेर सहयोग पुर्‍याउने उपस्थित सदस्यहरुले सभामा प्रतिवद्धता दर्शाएको सचिव सन्तोष प्रधानले दिएका छन्।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ