गोरामुमोको सहिद दिवस जीडीएनएस मैदानमा हुने

Share this news

दार्जीलिङ, 13 जुलाई(निसं): गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको महत्वपूर्ण बैठकमा वरिष्ठ अधिवक्ता प्रणय राईलाई कानुनी सल्लाहकार नियुक्त गरियो साथै यो सभाले आगामी 27 जुलाईको दिम शहिद दिवस खुला रूपमा मनाउने निर्णय लिइएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) पार्टी सूत्रले जानकारी गराएकोछ।
पार्टी सूत्र अनुसार, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीको ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गतका सम्पूर्ण समष्टिका सभापति, सचिव तथा प्रतिनिधिहरूको उपस्थितिमा एक महत्वपूर्ण संगठनात्मक बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा सांगठनिक विस्तारसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरिएका छन्।
बैठकको प्रारम्भमा दार्जीलिङ ब्राञ्चका नव-नियुक्त कानुनी सल्लाहकार  प्रणय राईलाई खदा ओढाएर हार्दिक स्वागत गरिएको थियो। त्यस अवसरमा उनलाई औपचारिक रूपमा नियुक्तिपत्र समेत प्रदान गरिएको ब्राञ्च कमिटीले जनाएको छ।बैठकमा यस वर्षको शहीद दिवस-2026 लाई दार्जीलिङको गोर्खा दुख निवरक सम्मेलन खेल मैदानमा खुला रूपमा भव्य कार्यक्रम आयोजना गरी मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। कार्यक्रममा पार्टीका मुख्य सल्लाहकारले शहीद दिवसलाई अझ व्यापक र निरन्तर रूपमा प्रभावकारी ढंगले आयोजना गर्नुपर्ने सुझाव राख्नुभएको थियो, जसलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ।
साथै संगठनलाई अझ प्रभावकारी र जनस्तरसम्म सुदृढ बनाउने उद्देश्यले दार्जीलिङ ब्राञ्च अन्तर्गतका सबै वार्डहरूमा वार्ड कन्भेनर चयन गर्ने निर्णय पनि बैठकले गरेको छ। यस निर्णयले पार्टीको सांगठनिक संरचनालाई थप मजबुत बनाउँदै जनसम्पर्क विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
बैठकमा सहभागी पदाधिकारीहरूले पार्टीको संगठन विस्तार, जनसम्पर्क अभियान तथा आगामी कार्यक्रमहरूलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। दार्जीलिङ ब्राञ्चले आगामी दिनहरूमा पनि संगठनलाई थप सशक्त, सक्रिय र जनमुखी बनाउने अभियानलाई निरन्तरता दिने पार्टी सूत्रले जनाएकोछ।

Share this news
आजको रोजाइ
सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

फिलोबारीमा असम खस महासभाको १०औं केन्द्रीय प्रतिष्ठा दिवस पालन

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

विम्बल्डनको पुरुष एकलमा लगातार दोस्रोपल्ट च्याम्पियन बने यानिक सिनर

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

ब्ल्याक होलहरू ब्रह्माण्डका सबैभन्दा विनाशकारी वस्तुहरू मध्ये एक

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

भारतको सबैभन्दा लोकप्रिय भ्लगरले E20 पेट्रोलको आलोचना गरे

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीमा सांसद बिष्ट

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

कच्चा तेल र ग्यासको बढ्दो मूल्यले बढायो लगानीकर्ताहरूको चिन्ता

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

गजिङकाे सार्वजनिक भवनमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

समाधान बन्दुक र बन्दबाट होइन, संवादले सम्भव छ: सञ्जीब सुवेदी 

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

मजुवामा कृषि बन्धुको जाँच प्रमाणिक शिविर

आजको रोजाइ