असमको दुलियाजान कला-साहित्य मञ्चले आफ्नो वार्षिक कार्यक्रममा पश्चिम बङ्गालकी साहित्यकार श्रीमती देविका सुब्बा खवासलाई ‘रेवती उपाध्याय स्मृति पुरस्कार’द्वारा अलङ्करण गरिएको थियो। जुन पुरस्कार उपाध्याय परिवारद्वारा प्रदान गरिएको हो। पुरस्कार श्रीमती देविका सुब्बा खवासलाई उनले कृतिहरूको सृजनाका साथै सृजनाकारहरूलाई आफ्ना पुज्य श्रीमान साहित्यकार स्व. मणि खवास स्मृति पुरस्कार प्रति वर्ष अलङ्करण गर्दै आएको योगदानका लागि ‘रेवती उपाध्याय स्मृति पुरस्कार’द्वारा अलङ्करण गरिएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रबाट जाति, समाज र देशको विकासमा योगदान दिने व्क्तित्वहरूलाई सम्मान जनाइएको थियो। जसमा पद्मश्री केदार गुरुङ, पद्मश्री गम्बीर सिंह योञ्जन, डा. पुरुषोत्तम भण्डारी, डा. संजीव उपाध्याय अनि श्रीमान अमर बानियाँ ‘लोहोरो’ रहेका थिए।
यसरी नै 14 वटा समाज र व्यक्तिहरूलाई सम्बर्द्धना पनि जनाएको थियो। मुख्य अतिथिको सम्बोधनमा डा. मनोरथ दाहालले दुलियाजान कला-साहित्य मञ्चले गर्दै आएको कार्य ऐतिहासिक भएको बताए। दुलियाजान कला-साहित्य मञ्चका अध्यक्ष दुर्गाबहादुर छेत्री, बलरामद्वारा अध्यक्षता गरिएको कार्यक्रममा विभिन्न लेखका पुस्तकहरूको विमोचन विभिन्न व्यक्तित्वहरूको बाहुलीबाट गरिएका थिए। जसमा ‘अभिव्यक्ति ५८’ विमोचक : डा. मनोरथ दाहाल, स्मृति ग्रन्थ ‘होमबहादुर क्षेत्री’ विमोचक पद्मश्री गम्भीर सिंह योञ्जन, ‘दुलियाजान साहित्यिक यात्रा श्रृंखलाः मुक्तक माला’ सचेन्द्र राई दुमी, विमोचकः पद्मश्री केदार गुरुङ, ‘त्रिनयन’ (नाटक सङ्ग्रह) – पूर्ण कुमार शर्मा, विमोचकः डा. पुरुषोत्रा अऩि कल्पान्तर – असमिया भाषामा लिखित उपन्यास – उपन्यासकार श्रीमती कुञ्ज देवी उपाध्याय, विमोचक-डा. संजीव उपाध्याय रहेका थिए।
कार्यक्रममा सास्कृतिक प्रस्तुति र कविता आवृत्ति पनि गरिएको थियो। उक्त कार्यक्रमलाई सफल पार्न मञ्चका सचिव नरसिंह छेत्री अनि सम्पूर्ण सदस्यहरूको विशेष योगदान रहेको थियो।












