सरकारले गरेको वाचाहरू, सांसद विष्टले स्मरण गराउनु स्वागतयोग्य: जितेन राई

Share this news

डबल इन्जीनको सरकारले गरेको वाचाहरू,सांसद विष्टले स्मरण गराउँदैछन्, जुन स्वागतयोग्य रहेको जितेन राईले बताएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले संगठनलाई दह्रीलो बनाउने कार्यलाई तीव्र रूप दिँदै आएको छ। पार्टी केन्द्रीय कार्यालय पी कोठीमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारी समितिको सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय संयोजक अजय एडवर्डस्स विशेष रूपमा उपस्थित रहेका थिए।

त्यसरीनै पार्टी केन्द्रीय कार्यकारी समिति तथा महकुमा समितिको नेतृत्वहरूको बाक्लो उपस्थिति रहेको थियो। तीन घण्टा भन्दा लामो समयसम्म चलेको सभामा संगठनलाई पुनः दह्रीलो बनाउने दिशामा पार्टीको जोशिला नेतृत्वहरूलाई कार्यभार सुम्पिने कार्य भएको छ। यसै संदर्भमा पार्टी केन्द्रीय प्रवक्ता जितेन राईले दार्जीलिङ पहाडमा अहिले प्रशासनिक समस्या उत्पन्न भएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट राजनैतिक दल भएको हुनाले यी विषयहरूमाथि अवश्य पनि सोंच्नु पर्ने भएको हुनाले आपतकालिन बैठक डाकिएको हो भन्ने तिनले बताए। आजको आपतकालिन बैठकमा दार्जीलिङ, कालेबुङ, खरसाङ तथा मिरिक, डुर्वस आदि क्षेत्रहरूबाट आएका पार्टीका नेतृत्वहरूसंग पार्टीको कार्य नीति के कस्तो हुन पर्छ भन्ने विषयहरूमाथि गहन चर्चा परिचर्चा भएको प्रवक्ता राईले बताए।

पार्टीको भावी कार्यनीतिसंग संगै विभिन्न विषयहरूमाथि प्रस्ताव ग्रहण गर्ने कार्यहरू पनि आजको सभामा भएको तिनले बताए।पार्टी प्रवक्ता जितेन राईले उक्त सभाले खरसाङ महकुमा समिति अध्यक्ष दया देवानलाई चयन गरिएको बताए। त्यसरी नै मन्दीप लामालाई कार्यकारी अध्यक्ष चयन गरिएको छ, अर्जुन राई महासचिव, देवगण राई र राजु राईलाई सहसचिव चयन गरिएको छ। सोनाम वाङ्ग्छुक कोषाध्यक्ष, अभिनन्दन राउत प्रचार प्रसार सचिव तथा आईटी विभाग, पवन थापालाई कानूनी सल्लाहकार चयन गरिएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समितिलाई मार्ग दर्शन गर्नको निम्ति आजको सभाले पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ भुटिया, एन बी खवास र मदन मोक्तानलाई सल्लाहकारको रूपमा नियुक्त गरिएको साथै खरसाङ महकुमा समितिमा 41 जना सदस्यहरू रहेको प्रवक्ता राईले बताएका छन्।

त्यसरी नै कालेबुङ क्षेत्रमा संगठनलाई दह्रीलो बनाउन संयोजकको कार्यभार त्रिभूवन राईलाई आजको सभाले सुम्पिएको छ।त्यसरी नै लाजरस तामाङ, भर्नेन ब्रीटो लेप्चालाई कार्यभार सुम्पिएको छ। त्यसरी नै कालेबुङ रंग्पोबाट पेम्बा मोक्तान, दीपेन शेर्पा, पेन्जो गोम्पु, पिटर लेप्चा, श्याम गौतम, असिम देवान र रविन प्रधानलाई पनि पार्टी संयोजकको कार्यभार सुम्पिएको पार्टी प्रवक्ता जितेन राईले बताए। उक्त सभाले डबल इन्जीनको सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन समस्यालाई स्थायी समाधान गर्ने वाचाहरू गर्दै आएको छ। दार्जीलिङका सांसद राजु विष्टले डबल इन्जीनको सरकारले गरेेको वाचाहरूको स्मरण गराउँदै अविलम्ब पूरा गर्ने दिशामा कार्यहरू गर्दै आई रहेका छन्।

सांसद राजु विष्टको कार्यलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यकारिणी समितिको सभाले स्वागत जनाउँदै आभार जनाएको छ।

Share this news
आजको रोजाइ
भेनेजुएला भूकम्प: आमा र १८ दिनको शिशु भग्नावशेषमुनि ३२ घण्टापछि जीवितै उद्धार

भेनेजुएला भूकम्प: आमा र १८ दिनको शिशु भग्नावशेषमुनि ३२ घण्टापछि जीवितै उद्धार

व्हाट्सएप (WhatsApp) को नयाँ युजरनेम फिचर: अब मोबाइल नम्बर सेयर नगरीकन च्याट गर्न सकिने, यसरी गर्छ यसले काम

व्हाट्सएप (WhatsApp) को नयाँ युजरनेम फिचर: अब मोबाइल नम्बर सेयर नगरीकन च्याट गर्न सकिने, यसरी गर्छ यसले काम

हल्दिया पेट्रोकेमिकल्समा आगलागी: भीषण डढेलो के कारणले भयो? कम्पनीद्वारा विज्ञप्ति जारी

हल्दिया पेट्रोकेमिकल्समा आगलागी: भीषण डढेलो के कारणले भयो? कम्पनीद्वारा विज्ञप्ति जारी

महिनाौँ लामो खोजीपछि HDFC बैंकद्वारा पूर्व निर्वाचन आयुक्त राजीव कुमार अंशकालिक (पार्ट-टाइम) अध्यक्षमा नियुक्त

महिनाौँ लामो खोजीपछि HDFC बैंकद्वारा पूर्व निर्वाचन आयुक्त राजीव कुमार अंशकालिक (पार्ट-टाइम) अध्यक्षमा नियुक्त

सरकारले गरेको वाचाहरू, सांसद विष्टले स्मरण गराउनु स्वागतयोग्य: जितेन राई

सरकारले गरेको वाचाहरू, सांसद विष्टले स्मरण गराउनु स्वागतयोग्य: जितेन राई

लङ्भ्यु तराई-३४ मा गोरामुमो र गोरानासंको संयुक्त सांङ्गठनिक सभा सम्पन्न

लङ्भ्यु तराई-३४ मा गोरामुमो र गोरानासंको संयुक्त सांङ्गठनिक सभा सम्पन्न

ब्राजिलको उत्कृष्ट पुनरागमन, जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

ब्राजिलको उत्कृष्ट पुनरागमन, जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

गगनले इन्डिगो जेटलाई सुरक्षित रूपमा अवतरण गर्न कसरी मद्दत गर्‍यो ?

गगनले इन्डिगो जेटलाई सुरक्षित रूपमा अवतरण गर्न कसरी मद्दत गर्‍यो ?

राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान

राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान

जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

आजको रोजाइ