साउथफिल्ड कलेज छात्रावास उद्घाटन

Share this news

दार्जीलिङ,26 जून(निसं): दार्जीलिङको साउथफिल्ड कलेज छात्रावासको उद्घाटन एक समारोवीच बुधबार  दिन अत्यन्त उत्साह र गरिमामय वातावरणमा सम्पन्न भयो भनी कलेहले बताएकोछ। कलेजद्वारा प्राप्त जानकारी अनुसार, कार्यक्रमको प्रारम्भ नवनिर्मित छात्रावास भवनको संक्षिप्त परिचय प्राध्यापक सदीप प्रधानद्वारा प्रस्तुत गरी गरिएको थियो।साउथफिल्ड कलेजकी प्राचार्या डा. अनुराधा राईले छात्रावास भवनको सफल निर्माण कार्य सम्पन्न गर्न गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए), पूर्व प्रमुख कार्यकारी अनित थापा तथा सम्पूर्ण इञ्जिनियरहरूको अथक प्रयास र महत्वपूर्ण योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्

समारोहमा उपस्थित सहायक इञ्जिनियर रुपेन प्रधान तथा सहायक इञ्जिनियर  अनुप दासप्रति पनि विशेष आभार व्यक्त गरिएको थियो। परियोजनाको सम्पूर्ण अवधिभर उहाँहरूले प्रदान गर्नुभएको समर्पण र सहयोगका लागि साउथफिल्ड कलेज परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।डा. अनुराधा राईले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कलेजका शिक्षक तथा गैर-शिक्षक कर्मचारीहरू, भवन निर्माण समिति तथा यसको संयोजक डा. महेश प्रदेशको सामूहिक प्रयास, सहकार्य र प्रतिबद्धताको पनि उच्च प्रशंसा गर्नुभयो।कार्यक्रमको समापन डा. महेश प्रदेशद्वारा प्रस्तुत धन्यवाद ज्ञापन मन्तव्यसँगै सम्पन्न भयो। उनले समारोहलाई सफल र स्मरणीय बनाउन उपस्थित सम्पूर्ण अतिथि, अधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिन् ।

Share this news
आजको रोजाइ
जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

आजको रोजाइ