Rishihat Darjeeling expansion
Rishihat Darjeeling expansion

ऋषिहाट-ब्लुमफिल्ड समष्टिमा गोरामुमोको संगठन विस्तार, ४०घर आबद्ध

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत ऋषिहाट–ब्लुमफिल्ड समष्टिको ऋषिहाट शाखामा संगठन विस्तार तथा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ। हालै आयोजित एक महत्वपूर्ण सांगठनिक तथा पुनर्मिलन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा समुदायका प्रतिष्ठित व्यक्तित्वहरूले गोरामुमोप्रति आफ्नो विश्वास व्यक्त गर्दै पार्टीमा समर्थन जनाएका छन्।

कार्यक्रमको सञ्चालन गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी सदस्य तथा समष्टि उपाध्यक्ष बिरमन लामाले गरेका थिए। कार्यक्रममा ऋषिहाट–ब्लुमफिल्डकी भूतपूर्व पञ्चायत प्रधान तथा वर्तमान बीएलओ श्रीमती मुन्ना थापाको प्रमुख उपस्थिति रहेको थियो। साथै १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनका सक्रिय सदस्य एस.के. थामी, समाजसेवी शमिष्टर सुब्बा, शिक्षिका निला राई, पुष्पलता तामाङ–राई, भूतपूर्व सैनिक तथा डीजीएच कर्मचारी टकेन थापा, महिपाल राई, समाजसेवी जीतेन बास्कोटा, दागोपाप तथा अस्थायी कर्मचारीहरू, गोरामुमो ओरेञ्ज भ्याली शाखा, ऋषिहाट खासमहल शाखा, मण्डलगाउँ प्रशाखाका प्रतिनिधिहरू तथा बौद्ध, इसाई लगायत विभिन्न धार्मिक संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा एल्डर शकुल राईले स्वागत मन्तव्य राख्दै आमन्त्रित अतिथिहरूलाई खादा ओढाएर सम्मान गरेका थिए। त्यसपछि अतुल्य गोर्खा पिता स्वर्गीय सुवास घिसिङको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

सभामा वरिष्ठ पार्टी सदस्य ल्वाङ तामाङले वर्तमान गोर्खा राजनीतिक अवस्था, दीर्घकालीन राजनीतिक समाधानको आवश्यकता तथा गोरामुमोको भूमिका सम्बन्धमा विस्तृत प्रकाश पारेका थिए। उनका विचारप्रति उपस्थित जनसमुदायले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै गोरामुमोप्रति आफ्नो भरोसा अझ बलियो बनेको बताएका थिए।

वक्ताहरूले पश्चिम बंगालमा राजनीतिक परिवर्तन र केन्द्र तथा राज्यमा भारतीय जनता पार्टी (भाजपा) को सरकारबीच समन्वय कायम भए गोर्खाहरूको दीर्घकालीन तथा स्थायी राजनीतिक समाधानको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। सोही आशा र विश्वासका साथ विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू गोरामुमोसँग निरन्तर जोडिँदै गएको जानकारी दिइयो। कार्यक्रममा ऋषिहाट क्षेत्रका ४० भन्दा बढी घरपरिवार औपचारिक रूपमा गोरामुमोको विचारधारा र सिद्धान्तप्रति आकर्षित भई पार्टीमा आबद्ध भएका छन्। नवआबद्ध सदस्यहरूले जातीय अस्तित्व, सामाजिक न्याय, क्षेत्रीय विकास, गरिबी उन्मूलन तथा गोर्खा समुदायको दीर्घकालीन राजनीतिक अधिकार सुनिश्चित गर्न गोरामुमोको नेतृत्वमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बिरमन लामाले गोरामुमो नै गोर्खा जातिको राजनीतिक अधिकार, सामाजिक रूपान्तरण तथा क्षेत्रीय विकासका लागि समर्पित एकमात्र मुद्दाकेन्द्रित क्षेत्रीय शक्ति रहेको उल्लेख गरे। उनले स्वर्गीय सुवास घिसिङले देखाएको सपना साकार पार्न सबैले एकजुट भएर संघर्षको यात्रालाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको समापनसँगै आगामी दिनहरूमा अझ धेरै सामाजिक, राजनीतिक तथा बौद्धिक क्षेत्रका व्यक्तिहरू गोरामुमोमा आबद्ध हुने संकेत प्राप्त भएको आयोजक पक्षले जनाएको छ।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय नारी संगठनको नागरी शाखा गठन, संगठन विस्तार अभियान

गोर्खा राष्ट्रिय नारी संगठनको नागरी शाखा गठन, संगठन विस्तार अभियान

नयाँ FCRA नियमले विदेशी नागरिकलाई NGO संलग्न भूमिकामा प्रतिबन्ध

नयाँ FCRA नियमले विदेशी नागरिकलाई NGO संलग्न भूमिकामा प्रतिबन्ध

केतन अग्रवाल हत्याकान्ड: ३३ डि.से. तापक्रममा हुडीद्वारा घटनोको पत्ता

केतन अग्रवाल हत्याकान्ड: ३३ डि.से. तापक्रममा हुडीद्वारा घटनोको पत्ता

भाजपाको सिक्किम प्रतिनिधिमण्डलले केन्द्रीय पर्यटन मन्त्रीलाई भेट्यो

भाजपाको सिक्किम प्रतिनिधिमण्डलले केन्द्रीय पर्यटन मन्त्रीलाई भेट्यो

क्रामाक्पा अध्यक्ष जेबी राईलाई, फेरि गलती नगर्न, मनोज बोगटीको अनुरोध

क्रामाक्पा अध्यक्ष जेबी राईलाई, फेरि गलती नगर्न, मनोज बोगटीको अनुरोध

फिफा विश्वकप २०२६ः पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उज्बेकलाई जित्यो ५-०ले   

फिफा विश्वकप २०२६ः पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उज्बेकलाई जित्यो ५-०ले   

रोनाल्डोः फुटबलर मात्र होइनन्, साँचो अर्थमा जीवनका महानायक हुन्

रोनाल्डोः फुटबलर मात्र होइनन्, साँचो अर्थमा जीवनका महानायक हुन्

ऋषिहाट-ब्लुमफिल्ड समष्टिमा गोरामुमोको संगठन विस्तार, ४०घर आबद्ध

ऋषिहाट-ब्लुमफिल्ड समष्टिमा गोरामुमोको संगठन विस्तार, ४०घर आबद्ध

मुख्यमन्त्रीको विधानसभामा गर्जन, भ्रष्टाचारविरुद्ध कडा कार्बाही गर्न वचनवद्ध

मुख्यमन्त्रीको विधानसभामा गर्जन, भ्रष्टाचारविरुद्ध कडा कार्बाही गर्न वचनवद्ध

अभिषेकले ‘डीजे केस’मा आवाजको नमूना दिने, सीआईडीको अनुसन्धान तीव्र

अभिषेकले ‘डीजे केस’मा आवाजको नमूना दिने, सीआईडीको अनुसन्धान तीव्र

आजको रोजाइ