मुम्बई महानगरमा बसोवास गर्ने नेपालीहरूको उन्नतिशील विशुद्ध सामाजिक संस्था हाम्रो संयुक्त नेपाली महासंघ (रजि.) मुम्बई, कल्याण- डोंबिवली शाखा का वर्ष-२०२६ – २०२८ का लागि निर्विरोध नव निर्वाचित पदाधिकारीहरु, कार्यकारिणी सदस्यहरु, महिला प्रमुख, महिला उप-प्रमुखहरुको शपथग्रहण समारोह इंडियन कल्चरल इंग्लिश हाईस्कूल, शंकर पावशे रोड, कल्याण (पू.) मा आइतबार सम्पन्न भयो। यस सपथग्रहण समारोहको अध्यक्षता, हाम्रो संयुक्त नेपाली महासंघ (रजि.) मुम्बई का माननीय केन्द्रीय अध्यक्ष श्री पूर्ण बहादुर कुँवर ज्यु ले गर्नु भएको थियो।
हाम्रो संघको प्रार्थना एवं मातृभूमि र कर्मभूमिको राष्ट्र गान पश्चात् सपथग्रहण कार्यक्रम को शुभारम्भ भएको थियोे। केन्द्रीय अध्यक्ष श्री पूर्ण बहादुर कुँवरद्वारा कल्याण-डोंबिव्ली शाखाका वर्ष २०२६-२०२८ का लागि नव निर्वाचित अध्यक्ष श्री रेवती राज घिमिरेलाई पद र गोपनीयताको सपथ ग्रहण गराउनु भयो, तत्पश्चात शाखा अध्यक्ष श्री रेवती राज घिमिरेले शाखाका नवनिर्वाचित कार्यकारिणी पदाधिकारी, महिला प्रमुख, उप-प्रमुख र कार्यकारिणी सदस्यहरुलाई आ-आफ्नो पद र गोपनीयता को सपथ ग्रहण गराउनु भएको थियोे।
माननीय केन्द्रीय अध्यक्षलगायत वरिष्ठ सल्लाहकार प्रमुख (हाम्रा अभिभावक) बुवा, आदरणीय श्री जगत बहादुर सिंहको विशेष उपस्तिथि रहेको थियो। यसका साथै हाम्रो प्रेरणा श्रोत माननीय केन्द्रीय महामन्त्री श्री भिमराज गैरेलगायत माननीय केन्द्रीय कोषाध्यक्ष श्री राज रावल, माननीय केन्द्रिय संगठन-मन्त्री श्री कृष्ण आचार्य, माननीय केन्द्रीय समिति सदस्य श्री नरेश सावद, भूतपूर्व केन्द्रीय अध्यक्ष एवं वर्तमान ठाणे जिल्ला विभाग प्रमुख माननीय श्री धिरबहादुर रावलको गरिमामय उपस्थिति रहेको थियो।
शपथ ग्रहण पश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा आदरणीय वरिष्ठ सल्लाहकार प्रमुख श्री जगत बहादुर सिंहले हाम्रो संस्थाले स्थापनादेखि आजसम्म गरेको सामाजिक कार्यको बारेमा संक्षिप्त जानकारी दिनु भएको थियोे, साथै हाम्रो संस्थालाई अझै सुदृढ र बलियो कसरी बनाउन सकिन्छ भन्ने प्रसंगलाई जोड्नु भएको थियोे। माननीय केन्द्रीय अध्यक्ष श्री पूर्ण बहादुर कुँवरले आफ्नो मन्तव्य राख्ने क्रममा हाम्रा शाखाका निवर्तमान अध्यक्ष, वर्तमानमा माननीय शाखा सल्लाहकार प्रमुख श्री यज्ञ प्रसाद पौडेल (उहाँ व्यक्तिगत कार्य हेतु स्वदेश जानु भएको कारण सपथ ग्रहण समारोह मा अनुपस्थित हुनु हुन्थ्यो) लाई स्मरण गर्दै, उहाँले केन्द्र र शाखाका लागि पुर्याउनु भएका योगदानका बारेमा जानकारी दिनु भएको थियोे। यसका साथै यस समारोहमा उपस्थित जनसमूहमा पुरुषबर्गभन्दा महिलाबर्ग अधिक देख्दा आफू धेरै नै हर्षित भएको प्रसंग जोड्नु भएको थियोे।
यसै क्रममा हाम्रा प्रेरणा श्रोत माननीय केन्द्रिय महामन्त्री श्री भिमराज गैरेले आफ्नो मन्तव्यमा, आगामी दिनहरुमा केन्द्रद्वारा आयोजित कार्यक्रम र क्रियाकलापमा शाखा संग कसरी समन्वय गर्ने भन्ने बारेमा जानकारी दिनु भएको थियोे। यसका साथै शाखाको आवस्यकतालाई पूर्ण गर्न, आफु र केन्द्रीय समिति सधैं तत्पर रहने प्रसंग जोड्नु भएको थियोे।
आफ्नो मन्तव्य राख्ने क्रममा हाम्रा शाखाका संगठन शक्तिका धनी व्यक्तित्व, नवनिर्वाचित माननीय शाखा उपाध्यक्ष (अर्थ र संगठन) श्री रेशमलाल डी. श्रेष्ठले हाम्रो शाखाद्वारा गरिएको सामाजिक कार्यका बारेमा संक्षिप्त जानकारी दिनु भएको थियोे। यसरी नै भविष्यमा पनि हाम्रो शाखा, केन्द्रसंग समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर रहने कुरामा जोर दिनु भएको थियो। यस सपथग्रहण समारोहमा, हाम्रा शाखाका अभिभावक श्री यज्ञ प्रसाद पौडेलको कमी महसुस भएको प्रसंग जोड्नु भएको थियोे।
वर्ष २०२६-२०२८ का नवनिर्वाचित पदाधिकारीहरूको नामावली निम्नलिखित रहेको छः
- अध्यक्ष श्री रेवती राज घिमिरे,
- उपाध्यक्ष (अर्थ र संगठन) श्री रेशमलाल डी. श्रेष्ठ,
- उपाध्यक्ष (शिक्षा र संस्कृति) श्रीमती विष्णुमाया थापा,
- महामंत्री श्री राजु सुर्य मल्ल,
- कोषाध्यक्ष श्री केशवराज बराल,
- सह-महामंत्री श्री रविन्द्र सुवेदी,
- अर्थ-मंत्री श्री होम प्रसाद खनाल,
- शिक्षा-मंत्री श्रीमती सुमिना थापा,
- संगठन-मंत्री श्रीमती यामकला थापा,
- सांस्कृतिक-मंत्री श्रीमती लक्ष्मी महत,
सल्लाहकार प्रमुख श्री यज्ञ प्रसाद पौडेल, महिला प्रमुख श्रीमती सरिता रेग्मी, महिला उप-प्रमुख श्रीमती अनुष्का पोखरेल निर्वाचित भएका छन्।
यसै गरी निर्विरोध नव निर्वाचित १३ कार्यकारिणी सदस्य, साथै सल्लाहकार महोदयबाट मनोनित सदस्यहरुको नामावली निम्नलिखित रहेको छः
- श्रीमती रमी राना,
- श्रीमती सुनिता पल्ली,
- श्रीमती सृजना थापा,
- श्रीमती गोमाया थापा,
- श्रीमती मीरा सिंजाली,
- श्रीमती शीतल पौडेल
- श्रीमती अनिता बराल,
- श्री टीकाराम शर्मा,
- श्री हरीश शर्मा,
- श्री याम बहादुर थापा,
- श्री शंकर प्रसाद पौडेल,
- श्री जय बहादुर थापा,
- श्री टोप बहादुर थापा,
- श्री विष्णु रावल अनि
- श्रीमती लक्ष्मी थापा निर्वाचित भएका छन्।
आयोजन समितिले समारोहका लागि स्थान को व्यवस्था गरिदिनु भएका केन्द्रीय कोषाध्यक्ष माननीय श्री राज रावललाई सहृदय धन्यवाद दिएको छ। यस समारोहमा आवस्यक पर्ने सामान जुटाउन अथक परिश्रम गर्नु भएका श्री केशवराज बराल, श्री शंकर प्रसाद पौडेल, श्री रवीन्द्र सुवेदी, श्री प्रकाश पोखरेल, श्रीमती सरिता रेग्मी, श्रीमती अनिता बराल, श्रीमती अनुष्का पोखरेल आदि सम्पूर्णलाई मुरी मुरी धन्यवाद ज्ञापन गरिएको छ। यसै गरी, यस समारोहलाई सफल बनाउन, अम्बिवली-मोहने, म्हारलपाडा, खडवली, वाशिंद, डोंबिवली, ठाकुर्ली, कल्याण (प.), कल्याण (पू.), बदलापूर लगायत विभिन्न स्थानबाट उपस्थित हुनुभएका सम्पूर्ण मान्यजनलाई असीम धन्यवाद ज्ञापन गरिएको शाखा सचिव राजु सूर्य मल्लद्वारा सूचित गरिएको राजेन्द्र कुँवरले जानकारी गराएका छन्।












