Leknath Khaling Henkhama poetry Kurseong
Leknath Khaling Henkhama poetry Kurseong

कवि लेकनाथ खालिङको पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’को लोकार्पण

Share this news

खरसाङमा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ को लोकार्पण सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डा पारसमणि प्रधान प्रेक्षागृह‌ा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा‌ आशा मुखिया लामा उपस्थित रहेका थिए।

कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा कवि लेकनाथ खालिङद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ को सभाध्यक्ष पारसचन्द्र आले, प्रमुख अतिथि आशा मुखिया लामा, विशिष्ट अतिथिहरु क्रमैले आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बा, समाजसेवी तिलक शर्मा, गोर्खा जनपुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधान, लालिमा परिवारका सभापति डीबी मंगर, साहित्यकार दिपक ठटाल, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, आकाशवाणी खरसाङको कार्यक्रम निष्पादकहरु क्रमैले मनन तामाङ, मिङमा दोर्जे, योजना मोहोरा र कवि लेकनाथ खालिङ आदिको बाहुलीबाट लोकार्पण गरिएको छ।

कार्यक्रममा पुस्तक लोकार्पणको घोषणा प्रमुख अतिथि आशा मुखिया लामाले गरेकी थिइन्। कार्यक्रममा कवि लेकनाथ राईले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्दै आफ्नो लोकार्पण गरिएको पुस्तकबाट दुईवटा कविता वाचन गरेका थिए।

कार्यक्रममा लोकार्पण गरिएको पुस्तक ‘हेन्खामा’ माथि साहित्यकार एवं प्राध्यापक डीबी मंगरले समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित आशा मुखिया लामाले आफ्नो सम्बोधनमा हामीले हाम्रो लेखद्वारा समाजमा रहेका संस्कार, संस्कृति, हाम्रो अभिव्यक्ति, हाम्रो संवेग, समाजको विसंगतिहरु, अन्यायहरु लेख्नुपर्छ भनी बताइन्। कार्यक्रममा सभाध्यक्ष पारसचन्द्र आलेले लेकनाथजीले पर्यावरण, संस्कृति संरक्षणको कविता लेखेका जुन स्थायी हो भनी बताएका छन्।

यस कार्यक्रममा गजलगोहरु क्रमैले अरुण साम्पाङ, सुवास श्रेष्ठ, धिरेन संघर्ष, सुवास छेत्री भावुक, दिपक ठटाल ‘जलन’ आदिले गजल वाचन गरेका थिए।‌ त्यसरी नै कविहरु क्रमैेले बालकृष्ण थामी, उमेश कार्कीढोली, आरती ठकुरी, सुशान्त मोक्तान, बिनिता लामा आदिले कविता वाचन गरेका थिए। कवि लेकनाथ खालिङ कालेबुङको धजे निवासी हुन् भने आकाशवाणी खरसाङमा कार्यरत् छन्। आफ्नो पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’ लोकार्पण कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कवि लेकनाथ खालिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
“स्वस्थ बुढ्यौलीका लागि योग” असम राइफल्स लोकरा बटा.को पहल

“स्वस्थ बुढ्यौलीका लागि योग” असम राइफल्स लोकरा बटा.को पहल

हाम्रो संयुक्त नेपाली महासंघ, मुम्बई, कल्याण-डोंबिवली शाखाको निर्वाचन

हाम्रो संयुक्त नेपाली महासंघ, मुम्बई, कल्याण-डोंबिवली शाखाको निर्वाचन

जैश-ए-मोहम्मदसँग सम्बन्धको आरोपमा जयपुरकी एक महिला पक्राउ

जैश-ए-मोहम्मदसँग सम्बन्धको आरोपमा जयपुरकी एक महिला पक्राउ

सब्यसाची दत्ताको तृणमूल नेताको घरबाट ४ करोडको सूनका गहना बरामद

सब्यसाची दत्ताको तृणमूल नेताको घरबाट ४ करोडको सूनका गहना बरामद

कवि लेकनाथ खालिङको पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’को लोकार्पण

कवि लेकनाथ खालिङको पहिलो कविता सङ्ग्रह ‘हेन्खामा’को लोकार्पण

समष्टि ३५ मा गोरामुमोको संगठन विस्तार, विभिन्न शाखामा नयाँ नेतृत्व

समष्टि ३५ मा गोरामुमोको संगठन विस्तार, विभिन्न शाखामा नयाँ नेतृत्व

गोरामुमो बरबोटेद्वारा राजनीतिक चर्चा, छैटौं अनुसूचीको पक्षमा जोड

गोरामुमो बरबोटेद्वारा राजनीतिक चर्चा, छैटौं अनुसूचीको पक्षमा जोड

भष्ट्रचारीहरूले इमान्दार गोर्खाल्यान्ड प्रेमीको नाटक गर्दैछन्: एडवर्डस

भष्ट्रचारीहरूले इमान्दार गोर्खाल्यान्ड प्रेमीको नाटक गर्दैछन्: एडवर्डस

दार्जीलिङ पहाडमा भ्रष्टाचार विरुद्ध आईजीजेएफको अनुसन्धान शुरु

दार्जीलिङ पहाडमा भ्रष्टाचार विरुद्ध आईजीजेएफको अनुसन्धान शुरु

मञ्जु श्री पार्कमा सुवास घिसिङको ९० औं जन्म वार्षिकी सम्पन्न

मञ्जु श्री पार्कमा सुवास घिसिङको ९० औं जन्म वार्षिकी सम्पन्न

आजको रोजाइ