पश्चिम बंगाल राज्य सभाको पहिलो बजेट सत्रमा, माननीय राज्यपाल आर. एन. रवि जीले भन्नुभयो, “मेरो सरकार सबै सरोकारवालाहरूसँग वार्ता गरेर लामो समयदेखि चलिरहेको गोर्खाल्याण्ड मुद्दाको स्थायी राजनीतिक समाधानमा पुग्न प्रतिबद्ध छ।” हामी यो कथनलाई स्वागत गर्दछौं र माननीय मुख्यमन्त्री श्री. शुभेन्दु अधिकारी जीलाई हाम्रो क्षेत्रको स्थायी राजनीतिक समाधानलाई भाजपा सरकारको शीर्ष प्राथमिकतामा राखेकोमा धन्यवाद दिन्छौं। हाम्रो क्षेत्रको लागि स्थायी राजनीतिक समाधान खोज्ने प्रतिबद्धताको लागि पश्चिम बंगालका माननीय राज्यपाल श्री. आर. एन. रवि जी र माननीय मुख्यमन्त्री श्री. शुभेन्दु अधिकारी जीलाई दार्जीलिङका सांसद र भाजपाका राष्ट्रिय प्रवक्ता, राजु विष्टले हार्दिक धन्यवाद दिएका छन्।
हामीलाई विश्वास छ कि माननीय प्रधानमन्त्री श्री. नरेन्द्र मोदी जी, माननीय गृहमन्त्री श्री. अमित शाह जी र माननीय मुख्यमन्त्री श्री. शुभेन्दु अधिकारी जीको नेतृत्वमा, हाम्रो दार्जीलिङ पहाड, तराई र डुवर्सका जनतालाई न्याय सुनिश्चित गरिनेछ। हामी विश्वस्त छौं कि सबै पक्षहरू बीचको इमान्दार संवाद र सहयोगले शान्तिपूर्ण र दिगो समाधान प्राप्त गर्न मद्दत गर्नेछ।हामी सबै सरोकारवालाहरूलाई हाम्रो क्षेत्रको राम्रो र उज्ज्वल भविष्य सुनिश्चित गर्न शान्तिपूर्ण लोकतान्त्रिक प्रयासहरूलाई समर्थन गर्न अपील गर्दछौं।












