थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

Share this news

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवाडर्स उपयुक्त छैन यो भनाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट, दार्जीलिङ महकुमा समितिको उपाध्यक्ष वीरेन्द्र तामाङको हो।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को केन्द्रीय कार्यलय पी कोठीमा आज पार्टीको सांगठनिक सभा सम्पन्न भयो।आयोजित सभामा पार्टीको शीर्ष नेतृत्वहरूसंग संगै पार्टी कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।पार्टीको सांगठनिक सभालाई सम्बोधन गर्ने क्रममा वीरेन्द्र तामाङले जीटीए जस्तो थोत्रे ब्यवस्था कहिले कही कताई छैन,यस्तो थोत्रे ब्यवस्थाको लागि आईजीजेएफ केन्द्रीय संयोजक अजय एडवाडर्स उपयुक्त नरहेको तिनले बताए।बंगाल विधानसभा चूनावमा हामी पराजय भएको हौ तर पार्टी पराजय भएको होइन रहेछ भन्ने आजको भीडले स्पष्ट गरेको तिनले बताए।चूनाव परिणामपछि पार्टीले अब के गर्ने?पार्टी अब हुन लाइनमा जाने?भन्ने विषयमाथि मन्थन गर्दै थियो।आज महकुमा समिति साथै केन्द्रीय समितिको बैठकको माध्यमद्वारा पार्टीको लाइन स्पष्ट गर्न सफल भएका छौ,पहाडको विपक्षी पार्टीको नेतृत्वहरूले अजय एडवाडर्सको पार्टी किन बोल्दैन भन्ने विषयमाथि सोच्दै होला तर चूनावमा पराजय भएपछि हामी नचाहिन्दो कार्यक्रमहरू गर्न मिल्दैन तर पार्टीले कुन लाइन समात्नु पर्छ भन्ने विषयमा चर्चा परिचर्चाहरू भई रहेको थियो अनि यी विषयहरू पार्टी कार्यकर्ता तथा समर्थकहरू वीच आउन नसकेको मात्र हो तामाङले बताए।बंगाल विधानसभा चूनाव अघि अजय एडवाडर्सलाई टीएमसीसंग मिलेको छ भन्ने जस्ता आरोप र लान्छनाहरू लगाएकै हो तर अजय एडवाडर्स टीएमसीसंग मिलेको थिएन भन्ने कुरा हामी सबैलाई थाहा थियो।आज पनि अजय एडवाडर्सको पार्टीले,सभासदहरूले जीटीएको कुर्सी ताकेको त छैन भन्ने सोच हुन सक्छ,जीटीए अहिले यति साह्रो थोत्रे र नाङगो ब्यवस्था भई सकेको छ,यस्तो ब्यवस्थामा शायद अरू कोही बस्न रूचाउछ होला तर थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवाडर्स उपयुक्त छैन,आईजीजेएफलाई थोत्रे जीटीए ब्यवस्थाको कुसी उपयुक्त नरहेको तामाङले बताए।जीटीएले दार्जीलिङ पहाड तथा गोर्खाहरूको जन आकांक्ष पूरा गर्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ,जीटीएलाई शहीदको आशुँले पिराई सकेको छ,जीटीएलाई शहीदको रगतले पिरोलि सकेको छ,जीटीएको कुर्सीमा बस्ने भष्ट्रचारी नेताहरूले कठोर सजाय पाउनु पर्छ भन्ने आईजीजेएफ,को स्पष्ट अडान छ,यौ अडानको लागि हामी अघि बडेका हौ,भष्ट्रचारलाई जरा बुटटासंगै उखेल्न पर्छ भन्ने अजय एडवाडर्स र आईजीजेएफ,को सोच हो।यदि जीटीए भाजपाले चलाउछ भने हाम्रो भन्नु केही छैन,यदि भाजपाले जीटीए संचालन गरेको खण्डमा शायद केही दिनको निम्ति संचालन गर्छ होला तर केन्द्रीय गृहमंत्री अमित शाहले जो सम्बैधानिक ब्यवस्थाको कुरा गरेका थिए,त्यसमाथि हामी प्रतिबद्र्वता छौ वीरेन्द्र तामाङले बताए।

Share this news
आजको रोजाइ
पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

आजको रोजाइ