गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) कालेबुङ टाउन कमिटीको तत्वावधानमा कालेबुङस्थित पार्टी कार्यालयमा एक महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न भएको छ। बी.बी. सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त सभाको सञ्चालन लाक्पा शेर्पाले गरेका थिए। कार्यक्रमबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले दिएका छन्।

सभाको अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले कालेबुङ पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका थिए। साथै हालै गठन गरिएको कालेबुङ टाउन कमिटी तथा ४३ नम्बर समष्टिका नवगठित प्रतिनिधिहरूलाई खदा ओढाएर बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष मन घिसिङले गोर्खा समुदायको राजनीतिक भविष्य निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीले भारत सरकारसँग गोर्खा जातिको हितका लागि आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको उल्लेख गर्दै अब गोर्खा समुदायको भविष्य उज्यालो बनाउने ऐतिहासिक अवसर आएको बताए।
“करीब पाँच दशकपछि प्राप्त भएको यो अवसरलाई गुमाउन हुँदैन। सम्पूर्ण गोर्खा समाज एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने। अध्यक्ष घिसिङले गोरामुमोका संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको विचारलाई स्मरण गर्दै ‘पार्टीभन्दा जाति ठूलो र जातिभन्दा माटो ठूलो’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आफू अघि बढिरहेको बताए। उनले जातीय अधिकार र मातृभूमिको हितका लागि विगतका मतभेदलाई बिर्सेर साझा उद्देश्यका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले कार्यकर्ता तथा नेताहरूलाई आपसी विवाद र अनावश्यक अफवाहबाट टाढा रहन आग्रह गर्दै संगठनलाई बलियो बनाउन सबै तहका नेतृत्वले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। पार्टीभित्रको संगठनात्मक जिम्मेवारी सम्बन्धित तहले नै वहन गर्नुपर्ने उल्लेख गर्दै उनले सबैलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्न निर्देशन दिए।

सभामा गोरामुमोका केन्द्रीय समिति सदस्यहरू, गोर्खा राष्ट्रिय नारी संगठन, गोर्खा राष्ट्रिय युवा मोर्चाका प्रतिनिधिहरू तथा विभिन्न तहका पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त सभाले कालेबुङ क्षेत्रमा पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

आजको रोजाइ