लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

Share this news

लङभ्यू चिया बगानका श्रमिकहरूले पीएफ, ग्र्याचुटी लगायत सम्पूर्ण बक्यौता रकमको भुक्तानीको माग गर्दै ७२ घण्टे अनशनको घोषणा गरेका छन्। उल्लेखनीय छ कि श्रमिकहरूले आफ्ना विभिन्न मागहरू सम्बोधन गराउन गत २१ अप्रिल २०२६ देखि क्रमिक अनशन सुरु गरेका थिए। उक्त आन्दोलनको ५०औँ दिन पूरा भएकोमा अनशनस्थलमा श्रमिक महाभेलाको आयोजना गरिएको थियो। भेलामा दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्रका विभिन्न ट्रेड युनियन तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महाभेलालाई हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका अध्यक्ष डी.के. गुरुङ, तराई सङ्ग्रामी चिया मजदुर युनियनका अविजित मजूमदार, नर्थ बंगाल टी प्लान्टेसन इम्प्लोइज युनियनका अविजित राय, सीआईटीयूका सचिन खाती, पश्चिम बंगाल चाय मजदुर समितिका क्रेसन उराँव, तराई डुवर्स चिया कमान मजदुर युनियनका भूपेन छेत्री, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका किशोर प्रधान तथा फासीवाद विरोधी मञ्चका शंकर पाललगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले उत्तर बंगालका चिया बगानहरूमा कार्यरत श्रमिकहरूले भोग्दै आएका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी दिनमा श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्न बृहत् आन्दोलनको रूपरेखा तयार गर्नुपर्नेमा जोड दिएका थिए।

महाभेलाकै अवसरमा हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू युनिटका सचिव तनुजा लामा, अध्यक्ष बिन्दया थापा, उपाध्यक्ष कविता पाखरिन तथा सहसचिव चन्द्रकला छेत्री लगायतका श्रमिक प्रतिनिधिहरूले आगामी १३ जुन २०२६ बिहान ११ बजेदेखि ७२ घण्टे अनशन सुरु भइरहेको छ।

श्रमिकहरूको आरोप अनुसार बगान मालिक गोविन्द गर्गले सन् २०१३ देखि श्रमिकहरूको तलबबाट कटौती गरिएको १२ प्रतिशत पीएफ रकम सम्बन्धित खातामा जम्मा गरेका छैनन्। हाल उक्त रकम करिब १३ करोड रुपैयाँ पुगेको बताइएको छ। यसका अतिरिक्त अवकाशप्राप्त श्रमिकहरूले कानुनबमोजिम पाउनुपर्ने ग्र्याचुटी रकम समेत प्राप्त गर्न सकेका छैनन्। श्रमिकहरूले काम गरेबापतको ज्याला तथा कर्मचारीहरूको तलबसमेत लामो समयदेखि भुक्तानी नभएको आरोप लगाएका छन्।

यी विषयहरू समाधानका लागि ट्रेड युनियन, मालिक पक्ष तथा राज्य श्रम विभागबीच पटक–पटक वार्ता र बैठकहरू सम्पन्न भए पनि मालिक पक्षले बैठकमा भएका सहमतिहरू कार्यान्वयन नगरी उल्लङ्घन गर्दै आएको श्रमिक पक्षको भनाइ छ।

यसै सन्दर्भमा हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू युनिटकी सचिव तनुजा लामाले श्रमिकहरूले यसपटक आफ्नो अधिकार प्राप्तिका लागि अन्तिम संघर्षका रूपमा ७२ घण्टे अनशन बस्ने निर्णय गरेको जानकारी दिइन्। यता हिल प्लान्टेसन इम्प्लोइज युनियनका सचिव सुमेन्द्र तामाङले पहाडका सम्पूर्ण श्रमिकहरूलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन तथा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समर्थन प्रदान गर्न अनुरोध गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै हिल प्लान्टेसन इम्प्लोइज युनियनकी अध्यक्ष सुधा तामाङले भनिन्, “यो आन्दोलनलाई पहाडका सम्पूर्ण चिया श्रमिकहरूले आफ्नो अधिकार र अस्तित्वको आन्दोलनका रूपमा लिनुपर्छ।”

Share this news
आजको रोजाइ
गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

आजको रोजाइ