अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

Share this news

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट आज, माननीय मन्त्री अग्निमित्र पलसँग अम्रुत 2.0 योजनाअन्तर्गत केन्द्रीय सरकारको अनुदानमा सिञ्चेल नर्थ र साउथ लेकमा चलिरहेको जीर्णोद्धार कार्यको निरीक्षण गर्नका लागि गएका थिए।लगभग २,४८७ मीटरको उँचाईमा स्थित नर्थ सिञ्चेल लेकमा सिञ्चेल वन्यजीव अभयारण्यको निर्माण सन् 1910 मा अनि साउथ सिञ्चेल लेकको निर्माण 1932 मा भएको थियो। यी लेकहरू समग्र दार्जीलिङ नगरपालिकाका लागि पिउने पानीको प्राथमिक स्रोत रहिआएका छन्। गुराँस, अर्खौलो (ओक), चाँप, कटुस, काउलो अनि धूपीका घना वन क्षेत्रले घेरिएका यी लेकहरू दार्जीलिङको नैसर्गिक सुन्दरताका प्रतीक हुन्।दशकौँदेखि, यी महत्त्वपूर्ण जलाशयहरूमा कुनै प्रमुख रखरखाउ कार्य भएको छैन। माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वअन्तर्गत केन्द्रीय सरकारले सिञ्चेल लेक जीर्णोद्धार एवम् विकास परियोजनाका लागि ₹६० करोड़को मञ्जूरी दिएको छ। यसमा नर्थ र साउथ लेकहरूको बृहत जीर्णोद्धार कार्य, अनि जल भण्डारण क्षमतालाई बढ़ाउनका लागि नयाँ जलाशयको निर्माण समावेश छन्। यो कार्य सम्पन्न भएपछि, यी लेकहरूबाट दार्जीलिङका लागि भरपर्दो, स्वच्छ, अनि पर्याप्त पिउने पानीको आपूर्ति सुनिश्चित हुनेछ।  विष्टले, माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीलाई दार्जीलिङका जनता निम्ति यस परियोजनालाई साकार रूप प्रदान गर्ने काममा उहाँले दिनुभएको निरन्तर सहायता अनि मार्ग-निर्देशनका लागि हार्दिक धन्यवाद टक्र्याएका छन्।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

आजको रोजाइ