क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

Share this news

मार्गरेटस होपमा क्रामाकपा पार्टी सोनादा जोनल ( २ )को स्थानीय दुई वटा साखा कमिटीलाई लिएर कम० शरद बिश्वको सभापतित्वमा सभा सम्पन्न गरियो। उक्त सभामा हालको बगालमा भाजपा सरकार गठन वा नयाँ सरकारप्रति बधाई टक्राउॅदै दार्जिलिङ, कालेबुङ,खर्साङ क्षेत्रमा नवनिर्वाचित भाजपा विधायक साथै तराईका दुई विधायकप्रति पार्टीको तर्फबाट बधाई दिदै बगालमा परिवर्तन आम नागरिकको हितमा हुनेछ र यो सरकारले गोर्खाहरूको दिर्घकालिन माग वा राजनैतिक समस्यालाई बगालदेखि अलग्गै संविधानिक समाधान अविलम्ब गरिदिने अपिल गर्दै हाल पहाडको राजनैतिक परिपेक्ष माथि मन्थन गरियो। पहाडमा केन्द्र सरकारद्वारा सञ्चालित जल जीवन मिशन अन्तर्गत पिउने पानी योजनाबद्ध कार्यान्वयन भएको छैन। हरेक क्षेत्रमा बिशेष स्थानीय क्षेत्रतिर अधुरो कार्य/ कामै नगरिएको स्थिति ज्वलन्त उदाहरण छ, पिउने पानीको समस्या प्रत्येक गाउँ घरमा छ र सम्बन्धित निकाय अन्तर्गत सरकारले उक्त कार्य चाडो भन्दा चाडो हस्तक्षेप गरि योजनाबद्ध तरिकाले कार्यान्वयन गरिदिने छ भनि आशावादि रहेको सभामा बताए। ग्रामीण क्षेत्रमा पन्ध्र र सोलौ आयोगको के कति योजनाहरू कार्यान्वयन भयो कति भएन सम्बन्धित अन्य योजनाहरू बुझ्न खण्ड बिकास अधिकारी तथा ग्राम पञ्चायत कार्यालयमा डेपुटेशन दिन पार्टीद्वारा टोली जाने प्रस्ताव गृहीत गरियो। उक्त सभामा १९५५ ऐतिहासिक मारगेट्स होप आन्दोलनमा शहीद भएकाहरूलाई श्रद्धाञ्जली एवं शहीद दिवस आगामी २५ जून को दिन सोनादा बजारमा पालन गरिने पनि आजको सभाले निर्णय गरियो। आजको सभामा केन्द्रीय कमिटिका उपाध्यक्ष आर० पी० पाख्रिन, केन्द्रीय कमिटीका एन० आर० सुब्बा,जोनल सचिव जे० के० सुब्बा केन्द्रीय कमिटीका आर० के० राई नारी सयोजिका फूलसरी तामाङ लगायत शाखा कमिटीका सदस्य/ सदस्याहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

आजको रोजाइ