Pakyong District Event
Pakyong District Event

सिक्किम खस छेत्री बाहुन कल्याण संघको ३१औँ स्थापना दिवसमा बिष्ट

Share this news

दार्जीलिङ लोकसभा क्षेत्रका सांसद एवं भारतीय जनता पार्टी
राष्ट्रीय प्रवक्ता, राजु बिष्ट आज सिक्किम पाक्योङ जिल्लामा स्थित रम्फु खेल मैदानमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको ३१औँ स्थापना दिवसको अवसरमा सहभागी हुने सौभाग्य प्राप्त भयो। उनले दार्जीलिङ निर्वाचन क्षेत्रको निर्वाचित प्रतिनिधि भएको नाताले, समस्त दार्जिलिङ भेकको न्यानो माया र शुभेच्छा बोकेर यहाँ उपस्थित भएको बताए।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण र माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ज्यूको सबल नेतृत्वमा विकास, समृद्धि र लोककल्याणको आदर्शका रूपमा अघि बढिरहेको सिक्किममा प्रत्येक आगमन मेरा लागि विशेष र प्रेरणादायी रहने गर्दछ। माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ ‘गोले’ ज्यूले खस छेत्री-बाहुनहरू समेत सबै सिक्किमे नेपाली समुदाय, गोर्खाहरूलाई अनुसूचित जनजाति (ST) को दर्जा दिलाउनका लागि सिक्किम विधानसभामा ऐतिहासिक रूपले १२ डिसेम्बर २०२५ मा सर्वसम्मत पारित गरेको सर्वविदित छ। उहाँको नेतृत्वमा हामीले गरिरहेका साझा प्रयासहरुले सबै सिक्किमे नेपाली समुदाय अनि गोर्खा जाति लाभान्वित हुने छ, र रहेका उप-जनजातिहरू अनुसूचित जनजाति (ST)को दर्जा चांडै पुनर्स्थापन हुने छ भन्ने विश्वास मैले व्यक्त गरे।

हाम्रो देश भारत बहुभाषी, बहुसांस्कृतिक र बहुजातीय विविधताले सम्पन्न राष्ट्र हो। हाम्रो गोर्खा जाति पनि विभिन्न समुदाय र जनजातिहरूले सुसज्जित साझा फुलबारी हो। विभिन्न घटक समुदाय र जातिको समान सहभागिताले नै हाम्रो समग्र गोर्खा जातिको पहिचान निर्माण भएको छ। सिक्किममा यो सुन्दर फुलबारीको सौन्दर्य र सुवास अझ मुग्धकारी ढङ्गले फक्रिरहेको छ। हामी सबैको कर्तव्य यस सुन्दर सामाजिक फुलबारीलाई कुनै पनि प्रकारका विभाजनकारी सोच वा परिस्थितिको हुरीबाट जोगाउनु हो।
समग्र गोर्खा जातिको संरचना र पहिचानमा खस समुदायको योगदान उल्लेखनीय र गरिमामय रहेको छ। उनले यस संघले खस छेत्री बाहुन समुदाय मात्र नभई सम्पूर्ण गोर्खा समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने कार्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

बितेका तीन दशकदेखि खस समुदायको संस्कृति, इतिहास र परम्परालाई भावी पुस्तासम्म पुर्‍याउन तथा यसको संरक्षण र संवर्द्धनमा संघले प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको छ। स्वच्छ र व्यापक दृष्टिकोणका साथ जाति, समाज, राष्ट्र र मानवताको हितमा निरन्तर क्रियाशील यस संस्थाका उद्देश्यहरू पूर्ण रूपमा सफल होऊन् भन्ने मेरी शुभेच्छा छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ