Milan Bantava's expression of gratitude regarding the receipt of Pratham Lalima Award
Milan Bantava's expression of gratitude regarding the receipt of Pratham Lalima Award

प्रथम लालिमा पुरस्कार प्राप्ति सन्दर्भमा मिलन बान्तवाको अभिव्यक्ति

Share this news

म गाउँमा गाउँ खोज्दैछु’, ‘गाउँ र शहर’, ‘मनचरी’, ‘हारहरू छन् र म जिउँदो छु’ तथा ‘भारतीय नेपाली गजल’ जस्ता कृतिहरूका सर्जक गजलकार मिलन बान्तवा पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कारद्वारा अलङ्कृत भएका छन्।

लालिमा परिवारको आयोजनामा पूर्व पैयुङ, अलगढास्थित लालिमा घरको खुला आँगनमा सम्पन्न कार्यक्रममा उनलाई लालिमा पुरस्कारद्वारा अलङ्कृत गरिएको हो। कार्यक्रममा जिल्ला प्राथमिक पाठशाला परिषदका अध्यक्ष सान्डुप लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ, समीक्षक नवीन पौड्याल, कवि जीवन बान्तवा तथा पुरस्कारदाता अनि पूर्व न्याय़ाधीश अरुणप्रकाश राई दुकुनको उपस्थिति रहेको थियो।
पुरस्कारद्वारा अलङ्कृत भएको सन्दर्भमा सर्जक मिलन बान्तवाले आफ्नो अभिव्यक्ति यसरी प्रकट गरेका थिए। प्रथम रामप्रकाश राई लालिमा पुरस्कार प्राप्त भयो। म खुशीले पुलकित बने तापनि सङ्कोच पनि उत्तिकै लागिरह्यो। जे होस्, पुरस्कार ग्रहण गरेँ। साँचो भन्नुपर्दा, यो पुरस्कार मेरो मात्र होइन। मलाई गजल लेख्न लगाउने अनि गजल लेख्न सिकाउने सबैको हो।

सर्वप्रथमतः मेरा मातापिता जसले मलाई सदैव इमानदार हुन र साँचो शिक्षा ग्रहण गर्नमा उत्प्रेरित गरिरहे। मेरा सिर्जनाहरू प्रकाशनमा आउँदा अन्तर हृदयबाट खुशी भइरहे।

मेरा ठूल्दाइ जीवन बान्तवा अनि माल्दाइ किरणकुमार राई जसले घरभरि पुस्तक थुपारेर घरभित्रै पुस्तकालयको सहुलियत जुटाइदिए। जसको फलस्वरूप प्राथमिक पाठशालामा पढ़्दादेखि नै ममा साहित्यिक पुस्तकहरूप्रति चासो बढ़ेको हो। मेरा पितासरह मलाई हरेक कुरामा सहयोगको हात बढ़ाउनुहुने डा. जीवन नामदुंग अनि टेकध्वज जिम्बा ‘आशा’ हुनुहुन्छ।

आदरणीय साँवर अग्रवाल जसले मलाई न्यानो छहारी मात्र दिनुभएन तर मेरा दुईवटा कविता सङ्ग्रहहरू ‘म गाउँमा गाउँ खोज्दै छु’ अनि ‘गाउँ र शहर’ नितान्त निःशुल्क प्रकाशनमा ल्याइदिनुभएर साहित्यिक संसारमा परिचय गराइदिनुभयो।
साहित्यकार विमल वैद्यले इलाममा सम्पन्न ‘मोती जयन्ती’-जस्तो गजलमय कार्यक्रम अनि प्रकाश आङ्देम्बेले दमकमा सम्पन्न ‘त्रिदेशीय गजल महोत्सव’-मा सहभागी गराउनुभएर गजलप्रतिको मोह जगाइदिनुभयो। यसरी नै गजलका सैद्धान्तिक कुराहरू प्रस्ट रूपमा बुझाइदिनुहुने कवि भुपेन्द्र सुब्बा हुनुहुन्छ। क्रमशः गजलबारे लेखिएका सैद्धान्तिक पुस्तक उपलब्ध गराइदिने प्रिय भाइ तथा ओजस्वी कवि प्रा॰ वासुदेव थापा पुलामी हुनुहुन्छ।
गजल कति सुन्दर र प्रभावशाली विधा रहेछ भनेर व्यावहारिक रूपमा बताइदिनुहुने नेपालका प्रिय भाइ तथा प्रतिभाशाली कवि/गजलगो असीम सागर हुनुहुन्छ। गजल लेखनको प्रारम्भिक चरणमा उहाँको गजल वाचनले म धेरै प्रभावित बनेको हुँ। मेरा गजलका पुस्तक प्रकाशनमा ल्याइदिनुहुने उदार हृदयी व्यक्तित्वहरू हुनुहुन्छ क्रमैले आदरणीय दादा रूकेशमणि प्रधान अनि मेरी प्रिय बहिनी तथा प्रतिभाशाली सर्जक सविता संकल्प। रूकेशमणि दादाले मेरो गजल सङ्ग्रह ‘मनचरी’ प्रकाशनमा ल्याइदिनुभएको हो भने बहिनी सविता संकल्पले ‘हारहरू छन् र म जिउँदो छु’ प्रकाशनमा ल्याइदिनुभयो।
साहित्य अकादेमी नयाँ दिल्लीबाट ‘भारतीय नेपाली गजल’-को सम्पादनको अभिभारा दिनुभएर मैले यो पुस्तक सम्पादन गर्ने अवसर पाएँ। यस पुस्तकको प्रकाशनकालमा मलाई सहयोग गर्नेहरूलाई प्रस्तुत पुस्तकमै आभार प्रकट गरेको छु। यद्यपि, आज पनि विशेष व्यक्तित्वहरू सुवास श्रेष्ठ अनि रामप्रसाद दाहालको नाम उल्लेख गर्नैपर्छ। उहाँहरूले मलाई झोला टकटकाएर गजलसम्बन्धी आफ्नो सारा सम्पत्ति दिनुभएको हो। मेरा प्रिय भाइहरू क्रमैले कर्ण विरह अनि महेश दाहालले मेरा ‘हारहरू छन् र म जिउँदो छु’-को प्रकाशनका समयमा गजलहरूलाई पलिशिङ्ग गर्ने कार्यमा रातभरि खटिदिएको गुण म भुल्ने छुइनँ। यसै गरी मेरा गजलहरूमा संगीत भरिदिनुहुने सङ्गीतकारहरू क्रमैले अजनीश राई, पवन नामदुंग, चन्दन लोमजेल, मनिराज लामिछाने, सौरभ मधुर राई, प्रदीप छेत्री, वसन्त छेत्री, विनम रनपहेंली आदि हुनुहुन्छ। उहाँहरूले मभित्र गजल लेख्ने भरपूर ऊर्जा भरिदिनुभयो।

मेरा गजलहरू ‘शैलेन्द्र समदर्शीद्वारा सम्पादित ‘गजल लय’, सुवास श्रेष्ठद्वारा सम्पादित ‘लालिमा’, श्रवणकुमार प्रधान, प्रितम मैनाली अनि छिरिङ लेप्चाद्वारा सम्पादित ‘स्पर्श’-जस्ता गजलप्रधान पत्रिकाहरूमा प्रकाशित गरिदिएका हुन्। यसबाहेक अन्य पत्रिकाहरू ‘हिमालय दर्पण’, ‘वसुधा’ आदिमा पनि मेरा गजलहरू प्रकाशित भएका हुन्।
विभिन्न मञ्चहरूमा गजल वाचन गर्ने अवसर जुराइदिने सम्पूर्ण मेरो सम्झनामा हुनुहुन्छ। मेरा निम्ति एउटा विशेष हर्षको कुरो मेरो कविता ‘म गाउँमा गाउँ खोज्दै छु’-का केही पंक्तिलाई आफ्नो कथा ‘क्लाइडोस्कोपिक गाउँ’ अनि गजल ‘मदहोश भई पिउनुमा वाह! क्या मजा छ’-लाई प्रवीण राई जुमेली दाजुले आफ्नो उपन्यास ‘सन्नेरेटा’-मा उद्धृत गर्नुभएको छ। गजलका सहयात्रीहरू सबै-सबैको सहयोग अनि प्रोत्साहन पनि मेरो गजल लेखनको थप ऊर्जा हो।
पुरस्कार प्रदान कार्यक्रम आयोजक लालिमा परिवार अनि पुरस्कार प्रायोजक अरूणप्रकाश राई परिवारको उदारताप्रति नतमस्तक छु। हुन त मलाई लेखन क्षेत्रमा उत्प्रेरणा दिनुहुने यतिमात्र होइनन्, मैले यहाँ 99.99 प्रतिशत नामहरू समेट्न असमर्थ रहेको छु। उहाँहरू सबैप्रति पनि उत्तिकै आभारी छु। पुरस्कार प्राप्तिको यो खुशी उहाँहरू सबै-सबैसित साझा गर्न चाहन्छु। मलाई माया गरेर फेसबूकमा मेरा स्टाटसहरू पढ़िदिनुहुने अनि बधाई-शुभकामना प्रकट गरिदिनुहुने सम्पूर्णमा सबैभन्दा बेसी आभारी छु।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ