खरसाङ खण्डको घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत तीनधारेमा यसपाली फूलपाती शोभायात्राको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। फूलपाती शोभायात्रा आयोजक समितिको आयोजनामा फूलपातीको दिन तीनधारेमा बिहान 9 बजीदेखि शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट फूलपाती शोभायात्रा शुरु भएर अप्पर गोलाईको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म पुगेर फर्की तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त हुने भएको छ। जहाँ नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। यस फूलपाती शोभायात्रा र नृत्य प्रतियोहितामा घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत भन्ने संघ संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। उक्त अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने र सहभागी संघ संस्थाहरुलाई सम्मान पनि जनाइने कार्यक्रम आयोजक समितिको संयोजक रञ्जित थापाले जानकारी गराएका छन्।
