प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

Share this news

प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाटशालाकाे मिरिककाे 21 ओै स्थपना दिवस विविध कार्यक्रमकाे साथमा पालन गरियाे। अर्पणा पाख्रिनकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला उत्तर बंगालका मुख्य संचालिका केशरी दिदी, मिरिक प्रभारी पूर्णिमा दिदी, सिलगढी बर्धमान राेड प्रभारी मुन दिदी, बालुरघाट प्रभारी पुनम दिदी, मिरिककी विमला दिदी, मेनुका दिदी,आइ लभ मिरिकका प्रमुख आशिष् तामाङलगायत प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालाका धेरै अनुयायीहरूकाे उपस्थिति थियाे। कार्यक्रमकाे पहिलाे चरणमा मिरिक फुलबारी मैदान परिसरमा नशामुक्त अभियान अन्तर्गत नशालु पदार्थ सेवनले हुने हानिहरूबारे विस्तृत सचेतना गराउने कार्यक्रम गरियाे। यस अवसरमा ड्रग्स, रक्सी, चुराेट आदिकाे सेवनले मानव शरीर अनि समाजलाई गर्ने हानीबारे नाटककाे माध्यमबाट सचेतना गरियाे। समाजमा शान्ति अनि मानव जीवनलाई सुन्दर बनाउने आध्यात्मिक प्रवचन पनि कार्यक्रममा प्रस्तुत गरियाे भने आध्यात्मिक गीत अनि नृत्यहरू पनि प्रस्तुत गरियाे। कार्यक्रममा बाेल्दै प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला उत्तर बंगालका प्रभारी केशरी दिदीले मानवले मानव शरीरलाई हानी पुर्याउने नशाकाे सेवन हाेइन, मानव जीवनलाई सुन्दर बनाउने ईश्वरकाे नशा गर्ने आदत गराउनुपर्छ भनिन्। तिनले नशा गर्नु राम्राे हाेइन भन्दै नशाले विनाश गर्छ, यसैकारण सबैले नशा छाेडर सुन्दर भविष्य, सुन्दर समाज अनि सुन्दर देश निर्माणमा लाग्नपर्छ। आध्यात्मिक ज्ञानमा डुब्नपर्छ भनिन्। तिनले प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालाले दिने आध्यात्मिक ज्ञान अनि मेडिटेसनबारे पनि विस्तृत जानकारी गराइन्। मिरिक प्रभारी पूर्णिमा दिदी, सिलगढी बर्धमान राेड प्रभारी मुन दिदी, बालुरघाट प्रभारी पुनम दिदी, मिरिककी विमला दिदी, मेनुका दिदीले पनि सम्बाेधन गरिन् भने आइ लभ मिरिकका प्रमुख आशिष तामाङले प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले 21 ओै स्थपना दिवसकाे दिन नशामुक्त अभियान कार्यक्रम गरेर युवा पिढीमा सकरात्मक संन्देश प्रवाह गरेकाे जानकारी गराउँदै उक्त कार्यक्रम आयाेजनाकाे लागि प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयप्रति आभार प्रकट गर्दछु भने। यसअघि प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला, मिरिककाे 21 ओैं स्थापना दिवसकाे अवसरमा केक काटियाे भने शिव बाबाकाे स्तुति पनि गाइयाे। साेही अवसरमा युवाहरूलाई नशा मुक्त बनाउन प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालामा नशा मुक्ति केन्द्रकाे पनि उद्धघाटन गरियाे।


Share this news
आजको रोजाइ
प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

आजको रोजाइ