जीटीएको सम्पत्ती बिक्री अनि लिजमा दिइएको विरुद्ध बन्दना राईले मुद्दा हाल्ने

Share this news

खरसाङ, (निसं): जीटीएले हालमा जमीनहरु लिजमा दिएको अनि बिक्री गरेको भन्दै बन्दना राई र उनको टिमले यस विषयमा आरटीआई गरेको र जीटीए विरुध्द केश गर्ने पनि बताएका छन्‌‍। शुक्रवार खरसाङ्मा बन्दना राई र टिमले पत्रकार सम्मेलन आयोजना गरेर जीटीएको सबै जमीनहरु जनताको हो र जीटीए चलाउनेहरु मालिक होइनन्‌‍ भन्दै सरकारको प्रतिनिधि मात्रै रहेको बताएका छन्‌‍।

उक्त पत्रकार सम्मेलनमा बन्दना राई, सन्त किशोर राई, मिनसाङ लामा र सपना सोताङ उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुलाई सम्बोधन गर्दै अधिवक्ता बन्दना राईले भनिन्‌‍ – जीटीए चलाउनेहरु स्थायी होइनन्‌‍ तर सरकारको प्रतिनिधि मात्र हुन्‌‍, उनीहरुले जमीन कसरी बिक्री गर्दैछन्‌‍, जीटीए त जीटीए एक्ट अनुसार चल्नु पर्ने हुन्छ। यस विषयमा हामीले पश्चिम बंगाल सरकारको वित्त विभाग र गृह तथा पहाड़ी मामिला विभागमा आरटीआई गरेका छैाँं। बन्दना राईले अघि भनिन्‌‍, जीटीएले जमीन मनपरी गरेर बिक्री गरिरहेको छ तर यो कानुनी प्रावधानभित्र पर्छ कि पर्दैन भनी जानकारी मागेका छौँ। हाम्रो आरटीआईको उत्तर 5 दिनभित्र आउने भएको छ। जीटीए एक्टको सेक्शन 29 अनुसार एक करोड़भन्दा बेसीको सम्पत्तिको लागि सरकारको तर्फबाट अनुमति लिनुपर्छ। त्यसैले अनुमति मागेको छ कि छैन भनेर आरटीआई मागेका छौँ। सरकारले पनि मिलेर लिजमा दिएको हो भने त्यसको पनि विरोध गर्नेछैाँं कारण सम्पत्ति सबै जनताको हो। हामी जीटीएको विरुद्धमा केश पनि गर्नेछौंँ।

बन्दना राईले अझ भनिन्‌‍- जीटीए एक्टमा जीटीएको विरोधमा केश गर्न पनि सकिन्छ किनभने जीटीएलाई केवल इन्चार्ज मात्र बनाइएको हो। जीटीए कानुनले भन्छ कि जीटीएभित्र र बाहिर भएका जमीन सबै जीटीएको हातमा हुन्छ तर जमीनहरु लिजमा दिनु सरकारको अनुमति चाहिन्छ। सरकारको अनुमतिबिना भएको भए यो गैर कानुनी हो। यसको विरोधमा हामी जीटीए विरुद्ध केश गर्नेछौंँ। तर सरकारसित मिलेर लिजमा दिएको हो भने पनि यसको विरोध गर्नेछौंँ कारण यो जनताको सम्पत्ति हो तर कसैको व्यक्तिगत सम्पत्ति होइन।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ