गोरामुमोद्वारा सोनादामा शहीद दिवस पालन

Share this news

सोनादा, 27 जुलाई(निसं): गोरामुमो सोनादा टाउन कमिटीद्वारा सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेकोछ। खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुको उपस्थितिमा 1986 देखि 2017 सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन्‌‍। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो 1986 सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए तर सोझै गोर्खाल्याण्ड नहुने बुझेरनै गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपापमा सम्झौता गरेका थिए। त्यो हाम्रो किपट थियो सुवास घिसिङ्को राजनैतिक दुरदर्शिता अनि कुटनैतिकको कारण गोर्खाल्याण्ड सम्म पुग्नको निम्ति बाटो अपनाएर छैटौं अनुसूची मार्फत गोर्खाल्याण्ड सम्म पुग्ने लक्ष्य पुग्ने सोचलाई 2007 मा आएर दार्जीलिङ्मा जन्मेको राजनैतिक दलहरुले गोर्खाहरुको सपना चकनाचुर बनाईदियो र अहिले पनित्यही दलहरुमा सत्तामा छन्‌‍ । छैटौं अनुसूचीको बिरोध गरेर त्यो भन्दा ठूलो संवैधानिक ब्यवस्था ल्याउनु पर्ने थियो तर ल्याउनु सकेन। 18- 20 वर्षको अन्तरालमा हामीले सबै गुमायौँ। हाम्रो युवा पीडिहरुको समय नष्ट भयो। आज हामी लथालिङ्ग भएका छौं। पहाडमा अहिले पाँच डेसिमल जमीनको कुराहरु चलिरहेका छन्‌‍। यसको सुरक्षाको निम्ति यदि तत्काल गोर्खाल्याण्ड दिनु सक्दैन भने वर्तमान परिस्थितिमा छैटौं अनुसूची उपयुक्त रहेका छन्‌‍। र वर्तमान समय पहाडमा सबैले छैटौं अनुसूचीको विषयमा बोलिरहेका छन्‌‍। यसकारण हामी केन्द्रमा रहेको बीजेपी सरकारलाई पनि अपिल गर्दछौं। गोर्खाल्याण्ड अहिले नै दिनु नसकेको खण्डमा पहाडमा छैटौं अनुसूची लागू गरोस्‌‍ भनी भुपेन्द्र गुरुङले जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ