आउँदैछ ‘पञ्चायत’ को सिजन ४, जितेन्द्र कुमार छन् कि छैनन्?

Share this news

काठमाडौँ — ‘पञ्चायत’ भन्नेबित्तिकै गाउँको हाँसो ठट्टा, झगडा, राजनीति र दिल छुने कथा याद गर्छन् दर्शकले । नेपाली दर्शकले पनि खुब रुचाएको यो भारती वेब सिरिजको नयाँ सिजन, पञ्चायत-४ ले आफ्नो प्रदर्शन मिति तोकेको हो ।

‘पञ्चायत सिजन ४’ जुलाई २ मा प्राइम भिडियोमा रिलिज हुने भएको हो। सिरिजले आफ्नो पाँचौं वर्ष पूरा गरेको खुसियालीमा सिरिजको टिमले औपचारिक रूपमै एक भिडियो सार्वजनिक गरी यो सूचना दिएका हुन्।

सिरिजको प्रदर्शन मिति बाहिरिएसँगै भार्त र नेपालमा पनि सिरिजका प्रशंसकहरू व्यग्र प्रतीक्षामा छन्। सिरिजका नियमित दर्शकहरू चौथो सिजनमा को–को होलान् भन्नेमा चासो देखाइरहेका छन्।

सिरिजको चौथो सिजनमा मनोरन्जनको किंग भनेर चिनिने रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैसल मलिक, दुर्गेश कुमार, सान्विकालगायत पुराना सबै कलाकार रहनेछन्। साथै, दर्शकहरूको मुख्य चासो अभिषेक त्रिपाठी उर्फ् जितेन्द्र कुमारका लागि देखिन्छ। चौथो सिजनमा पनि जितेन्द्र कुमारलाई दर्शकले देख्न पाउने सिरिज टिमले जनाएको हो।

सिरिजलाई ‘द वायरल फीभर’ले निर्माण गरेको हो भने चन्दन कुमारको लेखनमा दीपक कुमार मिश्र र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन्।

जितेन्द्र कुमारको पात्र अभिषेक अझै पनि उत्तरप्रदेशको फूलेरामै छन् कि कुनै नयाँ झमेलामा? राजनैतिक ट्विस्ट आउँछ कि प्रेम कथा? दर्शकहरूले जुलाई ४ सम्म धैर्य गर्नैपर्ने भएको छ ।

Share this news
आजको रोजाइ
मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

आजको रोजाइ