वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

Share this news

खरसाङ, 25 जुलाई (निसं)ः खरसाङ नगरपालिकामा 35 बेडको अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। नगरपालिकाको वार्ड नम्बर 13 मा अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको हो। खरसाङ नगरपालिका क्षेत्रमा बढ़िरहेको जनसंख्यालाई ध्यानमा राखेर जनसाधारणलाई स्वास्थ्य सुविधा प्रदान गर्नको लागि खरसाङ नगरपालिकाको तर्फबाट 35 वटा बेड भएको स्वस्थ्य केन्द्र निर्माणको निम्ति शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा खरसाङ महकुमा अधिकारी आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, भागोप्रमो युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरूङ लगायत अन्य पदाधिकारीहरु र समाजका प्रतिनिधिहरु उपस्थित थिए। उक्त स्वास्थ्य केन्द्रको निर्माण खर्च 89 लाख 60 हजार रुपियाँ रहेको बताइएको छ। यसको क्षेत्रफल 15 वर्ग फिट रहेको र यसको निर्माण कार्य एक वर्षभित्रमा पूरा गरिने बताइएको छ। यसको साथै बिहानको समय खरसाङ्को एसबी डे टीबी सेनिटोरियम क्षेत्रमा पाईखानाको मरमत्ति कार्य पनि शुरु गरिएको छ। यसको लागत खर्च 5 लाख 50 हजार रहेको जानकारी प्राप्त भएको छ। खरसाङ्को वार्ड नम्बर 13 मा शिलान्यास गरिएको 35 बेडको स्वास्थ्य केन्द्रको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङले खरसाङ नगरपालिका क्षेत्रमा बढ़िरहेको जनसंख्यालाई ध्यानमा राखेर नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको बताए। उनले नगरपालिकाले मानिसहरुका स्वास्थ्य विषयमा काम गरिरहेको र यसै विषयलाई ध्यानमा राखेर खरसाङ्को वार्ड नम्बर 13 मा नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको बताए। यस नयाँ अस्पताल भवनमा 35 वटा बेड रहने र यो अस्पताल सञ्चालनमा आएपछि स्थानीयहरुलाई धेरै सुविधा हुने बताए।


Share this news
आजको रोजाइ
असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या