खरसाङकी भाषा शिक्षिका मिना लामा राई समर्पित शिक्षक सम्मानद्वारा सम्म्मानित 

Share this news

खरसाङ, (हनोक): गोर्खा जन पुस्तकालय, खरसाङको‌ आयोजनामा खरसाङमा‌ सम्पन्न 34 औँ नेपाली भाषा मान्यता दिवस साथै विभिन्न शैक्षिक योग्यता पुरस्कार अलङ्करण समारोहमा सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली भाषाकी शिक्षिका मिना लामा राई समर्पित शिक्षक सम्मानद्वारा सम्म्मानित गरिएको छ।‌ पाठशालाहरूमा विद्यार्थीहरूमा नेपाली भाषा अर्थात् मातृभाषाप्रति मोह वा जागरूकता ल्याउन भाषा शिक्षकहरूका भूमिका र योगदान अहम्  मानिन्छ।यस क्रममा विशेष नेपाली भाषा शिक्षकहरूका योगदानलाई मूल्याङ्कन गर्दै गोजपुले गत वर्षदेखि ‘समर्पित शिक्षक सम्मान’ -द्वारा खरसाङ क्षेत्रका कुनै पनि विद्यालयका भाषा शिक्षकलाई सम्मानित गर्ने परम्परा स्थापित गरेको छ। यस सन्दर्भभा गत वर्ष सन्त अल्फन्सस् स्कूलका नेपाली भाषाका‌ शिक्षक राजेन खवासलाई पुस्तकालयले सम्मान गरिसकेको छ भने यस वर्ष सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी भाषा शिक्षिका मिना लामा राईको नाम चयन गरेर उनलाई ‘समर्पित शिक्षक सम्मान’ -द्वारा अलङ्कृत गरिएको छ। यस अवसरमा उनलाई गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट सभाध्यक्ष रबीनकुमार प्रधान अनि प्रमुख अतिथि डा योगेस खातीको बाहुलीबाट खदार्पणसहित शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मानित गरिएको छ। कविको रूपमा परिचय स्थापित गर्न सफल मीना राईको शिक्षकजीवन समर्पण, वैशिष्टता र योगदानको आधारमा अतुलनीय छ। शिक्षण पेशामा एक समर्पित शिक्षिकाको रूपमा धेरै लामो समयदेखि पुऱ्याएको उल्लेखनीय सेवाको कारण उनलाई यस वर्ष उक्त सम्मानद्वारा सम्मानित गरिने निधो गरिएको हो। यस वास्तवमा हरेक विधाका शिक्षकहरूका समर्पण, वैशिष्टता र योगदानको मूल्याङ्कन हुनपर्ने हो अनि यस विषयमा क्षेत्रीय प्रशासन अघि आउनुपर्ने कुरो गोजपुले ठान्दछ भनी गोजपुको मूल सचिव विनोद रसाइलीले बताएका छन्।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ