खरसाङ,27 जुन (मोहन प्रसाद):अ घैयाबारी 1 ग्राम पञ्चायत प्रधान रिना छेत्रीको नेतृत्वमा बिहीवार घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रको विभिन्न स्थानमा सोलिड वेस्ट म्यानेजमेन्ट योजना अन्तर्गत फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य गरियो । यस अवधि उक्त विषयमा पत्रकारहरूसित बोल्दै पञ्चायत प्रधान रिना छेत्रीले जनाए अनुसार, तिनीहरूले पञ्चायतको दायित्व ग्रहण गरेपछि नै घैयाबारी 1 ग्राम पञ्चायतका सबै सदस्य अनि कर्मचारीहरू क्षेत्रको विभिन्न विषय-वस्तु अनि समस्यालाई गम्भीरता पूर्वक लिँदै जनमानसको हितमा अघि बढ़िरहेका छन्। क्षेत्रमा जताभाबी फ्याँकिएको फोहोर-मैला उठाउने कार्य पनि तिनीहरूद्वारा गरिने गरिएको थियो साथै विभिन्न ठाउँबाट उठाइएको फोहोर-मैलालाई सठीक ठाउँमा डम्पिङ गरिने कार्य पनि गरिएको थियो। अबोप्रान्त प्रत्येक बिहीवार खरसाङ पञ्चायत समितिबाट उपलब्ध गराइएको एसडब्लुएम वाहन मार्फत् घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा रहेका विभिन्न मैला ढ्वाङबाट फोहोर-मैला उठाइनेछ एवं हालैमा गाड़ीधुरामा सञ्चालन भएको एसडब्लुएम प्लास्टिक युनिटमा ती फोहोर- मैलालाई व्यवस्थापनको निम्ति लगिनेछ। त्यति मात्र होइन छेत्रीले थप जनाए अनुसार, तिनको क्षेत्रको विभिन्न मैला ढ्वाङबाट प्रत्येक बिहीवार मैला उठाइने छ भनी जनसाधारणलाई गरिएको छ। जताभाबी फोहोर-मैला नफ्याँकिदिने पनि पञ्चायत मार्फत अपिल गरिएको छ। मैला ढ्वाङ अघि नचाहिँदो सामग्री नफ्याँकिदिने पनि तिनले अपिल गरिन्। तिनले भनिन्, सबैको सहयोगमा हामी आफ्नो घर-समाज र ठाउँलाई स्वच्छ अनि सुन्दर राख्न सक्छौँ।
