कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो

Share this news

कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो ।

गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए ।

प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए ।

अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।

गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ