अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदले गुरुङ गुरुङ भाषाको शिक्षा दिने

Share this news

खरसाङ, 21 जुलाई (निस): अखिल भारतीय गुरुङ तमु बौद्ध सङ्गठन अम्बोटिया शाखाको सभा सम्पन्न भयो। अनुप गुरुङ्को सभापतित्मा सम्पन्न यो सभामा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनका केन्द्रीय समिति सभापति आनन्द तमु मुख्य अतिथि अतिथिको रुपमा उपस्थित रहेका थिए भने खरसाङ महकुमा समितिका अध्यक्ष केबी गुरुङ, सचिव सुधीर गुरुङ, सल्लाहकार सरस्वती गुरुङ, महकुमा समिति सदस्य प्रणिता गुरुङ, रतन गुरुङ विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । सभामा स्वर्गीय रामाचन्द्र गुरुङ्की माता 95 वर्षीय वृद्धा सदस्या मनसरी गुरुङलाई उनको दिर्घायुको कामाना गर्दै सम्मान जनइयो। मनसरी गुरुङलाई केन्द्रीय समिति सभापति आनन्द तमुले साल ओड़ाएर सम्मान जनाए। उक्त सभामा आर्थिक सर्वेक्षणको फारम गुरुङ सदस्यहरूले शीघ्र भरेर केन्द्र समितिलाई बुझाउनुपर्ने जानकारी गराइयो। अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदले गुरुङ समुदायका सदस्यहरूलाई गुरुङ भाषाको शिक्षा दिने क्रम जारी रहेको अवगत गराउँदै यसमा सहभागी हुन पर्ने विषयमा जोर दिइयो। आगामी 24 र 25 सेप्टेम्बरमा काठमाण्डौमा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषदको सभा हुने जानकारी पनि सभामा गराइयो। खरसाङ महकुमा समितिका सभापति केबी गुरुङले जनजातिको निम्ति हामी एक मुष्ट भएर कार्य गर्नु पर्ने बताउदै गत ल्होसार पर्वमा वृदा मनसरी गुरुङलाई प्रदान गरिएको मायाको चिन्ह आज यस सभामा हस्तान्तरण गर्न पाउँदा खरसाङ महकुमा समिति गौरवान्वित भएको बताए। सभाले रोधीको जिम्मेवारी बसन्ती गुरुङलाई प्रदान गरियो। सभाको सञ्चालन शंकर गुरुङले गरेका थिए भने शाखाका सचिव प्रकृति गुरुङले सचिवको रिपोर्ट पेश गरेर गरेका थिए।


Share this news
आजको रोजाइ
सिलगुड़ी–कालिम्पोङ–दार्जिलिङ सर्किटलाई अविस्मरणीय बनाउने ७ उत्कृष्ट गन्तव्यहरू

सिलगुड़ी–कालिम्पोङ–दार्जिलिङ सर्किटलाई अविस्मरणीय बनाउने ७ उत्कृष्ट गन्तव्यहरू

भोटर, आधार कार्ड र पासपोर्ट फोटो‌ अनिवार्य

भोटर, आधार कार्ड र पासपोर्ट फोटो‌ अनिवार्य

लागुऔषध तथा तस्करी विरोधी पुरुष फुटबल -२०२५

लागुऔषध तथा तस्करी विरोधी पुरुष फुटबल -२०२५

विधायक तेन्जिङ नोर्बु लाम्थाको अथक जनसम्पर्क

विधायक तेन्जिङ नोर्बु लाम्थाको अथक जनसम्पर्क

लोकतन्त्र विरोधी गैर जिम्मेवार कुराको भर्त्सना

लोकतन्त्र विरोधी गैर जिम्मेवार कुराको भर्त्सना

गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

SAP क्याम्पमा राज्यको ५० वर्षे औसरमा फुटबल

SAP क्याम्पमा राज्यको ५० वर्षे औसरमा फुटबल

स्वतंत्रता दिवसमाथि मानेबोङ-देन्तामको सभा

स्वतंत्रता दिवसमाथि मानेबोङ-देन्तामको सभा

सिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग

सिक्किम भाजपाले भेट्यो राज्यपाल माथुरसङ्ग

आदित्य-L1 को कार्यशालामा हिमानी गुरुङ छनोट

आदित्य-L1 को कार्यशालामा हिमानी गुरुङ छनोट