शहरको स्ट्रीट लाइटहरू अझ पनि नबलेपछि रातिको समयमा जनसाधरणले भोग्दैछन्‌‍ समस्या

Share this news

खरसाङ, (निसं): खरसाङ्को मुख्य शहरी क्षेत्रमा स्ट्रीट लाइट नबलेको कारण जनसाधरण समस्यामा छन्‌‍। शहरको मुख्य सड़क राष्ट्रिय राजमार्ग अनि वर्द्धवान रोडको कतिपय स्थानमा स्ट्रीट लाइट नबलेको गुनासो बारम्बार प्राप्त भइरहेको छ। शहरका दोकानहरू खुल्ला रहेसम्म दोकानको बिजुली बत्ती अनि गाड़ीको बत्तीको कारण त्यस्तो असुविधा नभए तापनि राति दोकानहरू बन्द भएपछि अनि सड़कमा गाड़ीको चलाचल कम भएपछि समस्या हुने गरेको मानिसहरूको गुनासो छ। रातिको समयमा कुनै कामले अबेर राति खरसाङ बजारबाट हिँड़न परेको खण्डमा मुख्य सड़क अँध्यारो रहने भएकोले भयको स्थिति बन्ने गरेको पनि मानिसहरूले गुनासो गरेका छन्‌‍। सुधपा टोलका एक व्यक्तिले भने रातिको समयमा घर जन पर्दा कुनै समय 9-10 पनि बज्छ। शहरको मूल सड़क अँध्यारो हुन्छ। रातिको समयमा भुस्याहा कुकुरहरू पनि धेरै सक्रिय हुन्छ। सड़कमा हुल बाँधेर बसेका यी भुस्याहा कुकुरले टोक्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा सड़कमा भयको स्थिति रहन्छ। रातिको समयमा कतिपय मानिस मदिरा सेवन गरेर हिँड़िरहेका पनि भेटिन्छन्‌‍, राति मोबाइल फोनको टर्च बालेर हिँड़ने गरेको छु। यस्तै अन्य व्यक्तिहरूले पनि अबेर रातिको समयमा शहरको मूल सड़कमा हिँड़नलाई स्ट्रीट लाइन नबलेकोले समस्या भइरहेको बताएका छन्‌‍। खरसाङ शहरी क्षेत्रमा स्ट्रीट लाइन नबलेको गुनासो अघिबाटै आइरहेको छ। तथापि खरसाङ नगरपालिकाले शहरको कतिपय स्थानको स्ट्रीट लाइटको बिग्रिएको बल्ब बद्लिने कार्य गरिरहेको थाहा लागेको छ। पंखाबारी रोड, गोर्खा जातीय उद्यानको पछिल्तिरको सड़क, सुपर मार्केटदेखि गड्डी लाइन जाने बाटो अनि अन्य कतिपय स्थानमा स्ट्रीट लाइटको बिग्रिएको अथवा जलेको बल्ब बद्लिने कार्य भएको पाइएको छ। खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष वृगेन गुरुङले शहरी क्षेत्रमा बिग्रिएका स्ट्रीट लाइटहरू मरमति गर्ने, जलेका बल्बहरू परिवर्तन गर्ने कार्य भइरहेको बताउदै 3 सय 75 थप स्ट्रीट लाइट खरसाङ्को शहीद कप्तान सुरज शर्मा पथ, ब्याङ्क डाँड़ादेखि कप्तान रामसिंह ठकुरी पथ, धोबी खोलादेखि रोहिणी रोडको जिरोसम्म अनि हनुमान टपदेखि नयाँ बस्तीसम्म लगाइने, यसको निम्ति कार्य चाँड़ै आरम्भ हुने जानकारी गराएका छन्‌‍। तिनले अहिलेसम्म खरसाङ नगरपालिका क्षेत्रमा जम्मा 1 हजार 7 सय 21 स्ट्रीट लाइट रहेको र ती स्ट्रीट लाईटहरूमा जलेको बल्बहरू बद्लिने कार्य भइरहेको बताउदै शहरी क्षेत्रको सबै स्ट्रीट लाईट मरमति गर्न अथवा जलेरो बल्बहरू परिवर्तन गर्न सरकारी प्रक्रियाहरू पुरा गर्न पर्ने भएको र कतिपय तक्निकी कारणहरूको सामना गर्न पर्ने भएकोले केही ढिलाइ भएको हो, चाँड़ै सबै स्ट्रीट लाइटको मरमति गरिनेछ, जलेका बल्बहरू बद्लिने छ भनी बताएका छन्‌‍।-

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ