सोमवार बाक्लो संख्यामा यातायात रहेकोले जामको स्थिति बन्यो

Share this news

खरसाङ, (निसं): खरसाङ बजार क्षेत्रमा यातायात जामको समस्याबाट चालक, यात्री र जनसाधरणले राहत पाएका छैनन्‌‍। खरसाङ बजारमा यायातात जाम हुने समस्या वर्तमानसम्म यथावत रहेको छ। सोमवार खरसाङ भएर धेरै गाड़ीहरू चल्यो, बाक्लो यान-वाहनको चलाचल बीच जामको समस्या पनि सृजना भयो। तथापि सोमवार सिक्किमका गाड़ीहरू भने खरसाङ भएर अघिको जस्तो चलेको देखिएन। सोमवार सिलगढ़ी अनि संलग्न स्थानहरूबाट धेरै मानिस खरसाङ अनि संलग्न स्थानहरूमा घुम्न आएका थिए। दिन घमाइलो भएकोले मानिसहरू आ-आफ्नो कामको निम्ति सिलगढ़ी पनि झरेका थिए भने सिलगढ़ी अनि संलग्न स्थानका मानिसहरू पनि मौसम सुखा रहेको औसर पारेर आफ्नो आवश्यक काम बनाउन अनि घुम्नको निम्ति खरसाङ अनि पहाड़का विभिन्न स्थानको निम्ति आएका थिए। सोमवारको जाममा परेका सिलगढ़ीका एक दम्पतीलाई यस बारेमा प्रश्न गर्दा तिनीहरूले आफूहरू खरसाङ घुम्न आएको बताउदै सन्त मेरिज घुमेर घर फर्किरहेको बताए। तिनीहरूले भने, आज सिलगढ़ी औधि गर्मी छ, यसैले खरसाङ घुम्न आएका हौँ। तिनीहरूले खरसाङ्को हनुमान डाँड़ा, डाउहिल घुमेपछि सन्त मेरिज घुमेर घर फर्किएको बताए। यी दम्पतीले आफूहरूलाई सन्त मेरिजदेखि खरसाङ बजार पार गर्नको निम्ति लगभग 40 मिनट लागेको बताए। घैयाबारीबाट विद्यार्थीहरू लिएर प्रत्येत दिन आउने एक चालकले पनि विद्यालय छुट्टी भएपछि आईएनए बस टर्मिनशबाट खरसाङ मुख्य डाकघर आइपुग्न 25 मिनट जति समय लागेको बताए। तिनले आज धेरै लामो जाम नभए पनि जाम लाग्दै खुल्दै गरेको छ भनी बताए। लामो समयसम्म गाड़ी जाम हुन नदिनको निम्ति खरसाङ ट्राफिक पुलिसका अधिकारी, जवान अनि सिभिक भोलिन्टियरहरूले सक्रिय रहेर कार्य गरिरहेका थिए। स्मरण गराइन्छ, खरसाङ बजार भएर गाड़ी चलाचल अधिक भएको खण्डमा दार्जीलिङबाट सिलगढ़ी जाने गाड़ीहरूलाई अनिवार्य रुपमा कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोडबाट पठाइन्छ। वर्तमानमा यो सड़कको भत्किएको कलभर्ट निर्माणको कार्य चलिरहेकोले सड़क बन्द रहेको छ। यो सड़क भएर खरसाङ्को कतिपय सेण्डिकेटका गाड़ीहरू पनि चल्ने गर्थे, यो सड़क बन्द भएकोले वर्तमानमा सबै गाड़ी खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 भएर चलिरहेको छ। यसो हुँदा खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोडमा यातायातको चाँप औधी बढ़ेको छ। कप्तान सुरज शर्मा पथ (बाईपास रोड) खोलिएपछि गाड़ी जामको समस्यामा केही राहत मिल्ने देखिएको छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ