सोनादा क्षेत्रमा पटक पटक बिजुली बत्ती जाने समस्याको समाधानका लागि विभाग समक्ष ज्ञापन

Share this news

सोनादा , (निसं): सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्तीको समस्या रहेकोले स्थानीय जनप्रतिनिधिहरुको साथमा स्थानीय बिजुली उपभोक्ताहरूले सोनादास्थित विद्युत्‌‍ कार्यालयमा गएर स्टेशन म्यानेजरलाई लिखित ज्ञापन पत्र बुझाएका छन्‌‍। सोनादा क्षेत्रमा पटक पटक रुपमा बिजुली बत्ती जाने हुनाले स्थानीय उपभोक्ताहरुलाई धेरै असुविधा भईरहेको विषयमा उक्त ज्ञापन पत्र बुझाएको बताइएको छ। उक्त ज्ञापन पत्र बुझाउने टोलीमा पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामा लगायत अप्पर र लोवर सोनादा ग्राम पञ्चायतको जनप्रतिनिधिहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त टोलीले सोनादाको राते माटोस्थित विद्युत्‌‍ विभागको कार्यालयमा पुगेर स्टेशन म्यानेजर जेई प्रतिक्षा छेत्रीलाई भेटेर लिखित ज्ञापन पत्र बुझाएका छन्‌‍। विशेष गरेर सोनादा क्षेत्रमा पटक पटक बिजुली बत्ती जाँदा स्थानीयहरु, विद्यार्थीहरु, ग्राम पञ्चायत कार्यालयमा स्थानीयहरुका लागि काम गर्नलाई धेरै असुविधा भईरहेको जानकारी गराइएको छ। उक्त टोलीले स्टेशन म्यानेजर समक्ष सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्ती जाने समस्या समाधानको लागि झट्टै पहल गरिदिने र यस समस्याको समाधान गरिदिने निवेदन गरेका छन्‌‍। यस ज्ञापन पत्र विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। यसको साथै स्टेशन म्यानेजर प्रतिक्षा छेत्रीले यस विषयमा आफ्नो तर्फबाट पनि स्पष्टीकरण दिएकी छन्‌‍। उनले आफूहरू उपभोक्ताहरुको समस्या समाधानको लागि नै बसेको बताउँदै सोनादा क्षेत्रमा बिजुली बत्ती गएको कारण मेन लाइनमा मरमत्तिको कार्य चलिरहेकोले हो र यो समस्या वर्तमान प्राकृतिक प्रकोपको कारण पनि सृजना भएको बताइन्‌‍। उनले यो समस्याको समाधान गर्न झट्टै पहल गर्ने आश्वासन पनि दिएकी छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ