सालिगअघि अपशब्द लेख्ने कुत्त्वहरूलाई पक्राउ गरी कार्वाहीको माग

Share this news

दार्जीलिङ,22 जुलाई (निसं):21औं शताब्दीमा पनि समाजमा असभ्य व्यक्तिहरू रहेको कुरो दार्जीलिङ मलरोड परिसरमा रहेको मास्टर मित्रसेन थापाको सालिग अघि अंग्रेजी भाषामा लेखिएको अपशब्द-ले पुष्टि गरेको छ। मास्टर मित्रसेन थापा साहित्य कला संस्थाले उक्त घटनाको कड़ा निन्दा गर्दै घोर प्रतिवाद जनाउँदै यस्ता असामजिक कुतत्वहरूलाई चाँड़ो पक्राउ गरेर कार्वाही गरिनुपर्ने माग गरेको छ। संस्थाको पक्षमा बोल्दै सन्त रोबर्ट स्कूलका शिक्षक अमित थापाले भने, आजको युगमा पनि यस्ता कुतत्वहरू रहेछ भन्ने जान्नमा आयो। हिजो राति वा आज बिहान सालिग अघि यसरी अपशब्द लेखिएको हो। यसले हामी दुःखी छौं। मास्टर मित्रसेन थापाको सालिग अघि अपशब्द लेखिएको सुनेपछि आफूहरू उक्त ठाउँमा गएर हेरेको बताउँदै उनले भने, उक्त ठाउँमा मास्टर मित्रसेन थापाबाहेक अरू | सालिगहरू पनि राखिएको छ। आज मास्टर मित्रसेन थापाको सालिग अघि लेख्यो भने भोलि अन्य जगातिर पनि लेखिएला। कस्तो कुराको सन्देश दिइरहेको छ। दार्जीलिङ एक पर्यटन स्थल हो। देश-विदेशबाट पर्यटकहरू आएर मलरोड घुम्ने गर्छन्। त्यो ठाउँ भीआईपी क्षेत्र पनि हो। त्यहाँबाट राजभवन नजिकै छ अनि त्यहाँ २४ घण्टा नै पुलिस प्रशासन भएको जस्तो हामीलाई लाग्छ। थापाले अघि भने, त्यति हुँदा हुँदै पनि त्यहाँ त्यस्तो कुराको समय लिएर यस्तो नराम्रो शब्दहरू निखिदिएको छ। के उद्देश्य हो, त्यो हामी जान्दैनौं। जुन उद्देश्यले त्यो उचित भएको छैन। हामी कड़ा शब्दमा यसको भर्त्सना जनाउँछौं। निन्दा गर्छौँ। उनले पुलिस प्रशासन, दार्जीलिङ नगरपालिका अनि जीटीए-का अधिकारीहरूलाई यस्तो कुकार्य हुन नहुने अपिल गर्दै सालिग अघि अपशब्द लेख्नेहरूलाई पक्राउ गरी कार्वाही गरिनुपर्ने माग गरे। अमित थापाले भने, दार्जीलिङकै एउटा नराम्रो सन्देश हामीले दिइरहेका छौं जस्तो हामीलाई लागिरहेको छ। यस्ता लेख्ने व्यक्तिहरू कदापि सजनहरू होइनन्। उनीहरू राम्रो व्यक्तिहरू होइनन्। यस्तो कुकार्य रोक्न सबै अघि आउनुपर्छ। अरू सालिगहरू पनि छ। सबै संघ संस्थाहरू सजक भएर बस्ने स्थिति दार्जीलिङ देख्दैछौं। यसले हाम्रो समाजमा असभ्य व्यक्तिहरू पनि छन् भन्ने कुरा उजागर भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ