रोहिणी रोड अहिलेसम्म खोल्न नसकेकोमा भाजापाद्वारा आलोचना

Share this news

खरसाङ, रोहिणी रोड तथा सुवास घिसिङ मार्ग लगभग डेढ़ महिनादेखि बन्द रहेकोमा एवं उक्त बाटोमा पुन: यातायात सञ्चालन नभएकोमा भारतीय जनता पार्टी (भाजपा) का दार्जीलिङ जिल्ला (हिल) सचिव सोनम लामाले स्थानीय प्रशासनको आलोचना गरेका छन्‌‍। पत्रकारहरूसित बोल्दै, सोनम लामाले भने अनुसार, बुधवार तिनले गौरी शंकर चिया बगान अन्तर्गत रोहिणी मार्ग पहिरो प्रभावित ठाउँको स्थलगत निरिक्षण गरे। उक्त मार्गको पहिरो प्रभावित ठाउँमा चलिरहेको मरम्मती कार्यको पनि तिनले जानकारी लिए साथै वर्तमानमा चलिरहेको निर्माण कार्य अझै के-कति समय लाग्ला भन्ने विषयमा बुझ्ने प्रयास गरे एवं जानकारी लिए । लामाले थप जनाए अनुसार, 4 अक्टोबरमा भारी वर्षाको कारण पहाड़को अन्य विभिन्न ठाउँ झैँं गौरी शंकर चिया बगान अन्तर्गत जिरो मुनि रोहिणी रोडमा पनि पहिरो गएको थियो। 5 अक्टोबरको बिहानदेखि उक्त रोड बन्द भएको छ। आज लगभग डेढ़ महिना बितिसक्दा पनि उक्त मार्गमा समान्य रूपमा यातायात खोलिएको छैन। रोहिणी रोड बन्द रहेकोले उक्त क्षेत्रका मानिसहरू संँगै खरसाङ, दार्जीलिङ अनि पहाड़का धेरै स्थानका मानिसहरू, पर्यटन क्षेत्र प्रभावित भइरहेका छन्‌‍। किनकी रोहिणी रोड सिलगढ़ी अनि दार्जीलिङलाई जोड्ने एउटा लाइफ लाइन नै बनेको छ। तर दुःखको विषय यो हो कि उक्त मार्गको महत्वलाई ध्यानमा राखेर, मार्ग बन्द भएकोले क्षेत्र अनि दार्जीलिङ पहाड़वासीले भोगिरहेका समस्या ध्यानमा राखेर स्थानीय प्रशासन वेपर्वाह रहेको देखिएको छ। जुन प्रकारले रोहिणी रोडको कार्य वर्तमानमा भएको छ, कम से कम अझ डेढ़ महिना लाग्ने स्थिति देखिएको तिनले अनुमान लगाएको बताएका छन्‌‍। तिनले थप जनाए अनुसार, स्थानीय जीटीए प्रशासन साथै राज्य सरकारले मार्गको आवश्यकता वा महत्वलाई साथै मानिसहरूको समस्यालाई ध्यानमा राख्दै यथाशीघ्र पहिरो प्रभावित बाटोको पुन: निर्माण कार्य गरेर मार्गलाई पुन: सञ्चालन गर्ने पर्ने थियो । त्यति मात्र होइन, गौरी शंकर चिया बगान अन्तर्गत गाउँको बाटो भएर रोहिणी मार्गको नजिकमा दुई वटा लिङ्क रोडहरू रहेको छन्‌‍, जसलाई रोहिणी रोडको लिङ्क रोडको रुपमा प्रयोग गर्न सकिन्छ एवं जन साधारणको निम्ति वान-वे खोलिन सकिन्छ । वर्तमानमा गाउँको उक्त बाटोमा केही मरम्मत कार्य भए पनि बाटोलाई पूर्ण मरम्मत गरेर जनसाधारणको निम्ति खोलिएको छैन । लामाले भने, मैले जानकारी पाए अनुसार उक्त गाउँको बाटो भएर केवल रोहिणी क्षेत्रको स्कूलको वाहनहरू एवं प्राइभेट वाहनहरूलाई मात्र कुद्ने अनुमति दिइरहेको छ। स्थानीय प्रशासनले क्षेत्रका ती विद्यार्थीहरूलाई साथै जनसाधरणलाई पनि ध्यानमा राख्नु पर्छ, जो पहिला गोटे गाड़ीमा उक्त मार्गमा आउ-जाउ गर्ने गर्थे । जुन व्यक्ति आर्थिक रूपमा सम्पन्न छन्‌‍ अनि प्राइवेट वाहनमा आउ जाउ गर्न सक्छन्‌‍, तिनीहरूलाई मात्र नसोचेर उक्त गाउँको बाटो भएर चल्ने सम्पूर्ण जनसाधारणको निम्ति नै अस्थायी रूपमा वान-वे भए पनि वाहनको यातायातको व्यवस्था स्थानीय प्रशासनले गर्नु थियो तर जनमानसको समस्यासित स्थानीय प्रशासन कुनै सरोकार नरहेको जस्तो देखिएको छ। लामा यो पनि जनाए कि खरसाङ गिद्ध पहाड़ सिनेमा हलदेखि लोवर सिरुबारी हुँदै रोहिणी रोडमा जोड़िने एउटा लिङ्क रोड पनि रहेको छ। उक्त लिङ्क रोडको मरम्मत कार्यको निम्ति प्रधान मन्त्री ग्राम सड़क योजना अन्तर्गत लगभग 7 महिना अघि तीन करोड रुपियाँ अनुमोदन पनि भइसकेको छ। अन्य प्रक्रिया पुरा भए तापनि उक्त बाटोको मरम्मत कार्य अझसम्म पनि शुरु नभएको लामाले आरोप लगाएको छन्‌‍। तिनले अहिले उक्त बाटो मरम्मत भएको भए आज रोहिणी मार्गमा उक्त बाटो भएर वाहनहरु आवत जावत गर्न सक्ने थिए भनी बताएका छन्‌‍। रोहिणी रोडमा दुई चक्के वाहनदेखि अन्य सबै वाहनलाई स्थानीय प्रशासनले करोडौं रुपियाँ टोल ट्याक्सको रूपमा उठाउने गर्छ तर पनि स्थानीय प्रशासनले रोहिणी रोड बन्द भएर जनताले विभिन्न पक्षबाट भोग्दै गरेको समस्यालाई गम्भीरता पूर्वक नलिएर मौन अनि कुनै सरोकार नरहेको जस्तो व्यवहार गरिरहेको छ भनी तिनले आरोप लगाए । भाजपाले रोहिणी रोडलाई लिएर जीटीए प्रशासनको भूमिका माथि कड़ा शब्दमा आलोचना गर्दछ साथै जनसाधारणको हितमा उक्त बाटोलाई यथाशिघ्र मरम्मतीको काम सकेर पुन: सञ्चालन गरिदिन पर्छ भनी मांग गर्दछ, तिनले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ