बाईपास रोडमा गाड़ी चलाचल आरम्भ हुनलाई अझ 27 दिन जति लाग्ने

Share this news

खरसाङ, (निसं) खरसाङ्को टुरिष्ट लजदेखि उत्तर तर्फ ओह्रालो लाग्ने कप्तान सुरज शर्मा पथ अथवा बाईपास रोडमा गाड़ी चलाचल शुरु हुनलाई अझ 25-27 दिन जति लाग्ने छ। वर्तमानमा रोडको क्षतिग्रस्त कलभर्टको निर्माण कार्य धमाधम चलिरहेको छ। क्षतिग्रस्त कलभर्टलाई पूर्ण रुपमा भत्काएर दुई तर्फको देवालको निर्माण कार्य पुरा भइसकेको छ भने सड़क सतहको निम्ति आरसीसी ढलाई गर्नलाई सर्टिङ लगाउने कार्य भइरहेको छ। सर्टिङ्माथि रड बुनेर ढलाई गर्न अझ दुई दिन जति समय लाग्ने त्यहाँ कार्यरत मिस्त्रीहरूले बताएका छन्‌‍। मिस्त्रिहरूले भने, सड़क सतहको आरसीसी ढलाईको निम्ति सर्टिङ लगाउने कार्य भइसकेको छ। रड बुन्नको निम्ति धमाधम रड काट्ने कार्य भइरहेको छ। सर्टिङ्माथि रड बुनेर ढलाई गर्नको निम्ति दुई दिन जति समय लाग्नेछ। ढलाई गरेपछि 22 दिन छोड़िने छ, 22 दिनपछि सर्टिङ खोलेपछि मोटर बाईक, स्कुटी अनि हल्का गाड़ीहरू कुदाउन सकिने छ। रेलिङ लगाउे कार्य कलभर्टदेखि माथिल्लो क्षेत्रको कार्य गर्दा गाड़ी बन्द गर्नु पर्ने आवश्यकात रहँदैन। स्मरण गराइन्छ, बर्खाको झरीमा कप्तान सुरज शर्मा पथ (बाईपास रोड) को उक्त कलभर्ट भलले खोतलेर क्षतिग्रस्त अनि जोखिमपूर्ण बनेको थियो। सम्भावित दुर्घटनालाई ध्यानमा राखेर प्रशासनले उक्त रोड बन्द गरेको थियो, खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाको सक्रियतामा जीटीएले तत्काल कलभर्टको मरमतको कार्य आरम्भ गरेको थियो। उक्त रोड बन्द भएकोले दार्जीलिङबाट सिलगढ़ी जाने गाड़ीहरूलाई यहाँबाट पठाउन नसकिएको, यो रोड भएर चल्ने स्थानीय सेण्डिकेटका गाड़ीहरू पनि यहाँबाट चल्न नसकेपछि खरसाङ बजारको मूल सड़क राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोडमा यातायातको चाँप औधि बढ़ेर गएको थियो। सिक्किम गामी राष्ट्रिय राजमार्ग 10 मा पनि पैह्रो गएर सिक्किमका गाड़ीहरू पनि खरसाङ भएर चलेकोले खरसाङ बजार क्षेत्रमा यायायातको चाँप थप बढ़ेको थियो। जसको कारण खरसाङ शहरी क्षेत्र, रोहिणी रोडमा गाड़ी जाम हुने गरेको थियो। वर्तमानमा पनि खरसाङ्को शहरी क्षेत्रमा गाड़ी जामको स्थिति सृजना हुने गरेको छ। कप्तान सुरज शर्मा पथको उक्त कलभर्टको निर्माण कार्य पुरा भएपछि दार्जीलिङदेखि सिलगढ़ी गामी गाड़ीहरू अनि स्थानीय कतिपय सेण्डिकेटका गाड़ीहरू यस रोडबाट चल्ने भएकोले खरसाङ शहरी क्षेत्रमा यातायात जामको समस्यामा कमी आउनेछ।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ