प्रगति गाउँ प्रगति संघले आफ्नो वार्षिक सर सफाई कार्यक्रम

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर दुई टेकवीर बस्तीको समाज “लाई निरन्तरता दिन्दै आउँदो 79 औँं स्वतन्त्रता दिवस अनि आज राखी पर्वको उपलक्ष्यमा सम्पूर्ण गाउँ वरिपरिको क्षेत्रलाई सर सफाई गरियो। समाजको मूल सचिव बीरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र जन बस्को राई अनि कोषाध्यक्ष रमोद गुरुङ्को अगुवाईमा सम्पन्न सफाई कार्यक्रममा समाजको प्रत्येक घरका प्रायः सदस्यहरू उपस्थित रहेका थिए। यस सर सफाई कार्यक्रममा गाउँभित्रको नाला झोडा सफा गरिएको छ। बाटो नजिक उम्रेका झार जंगल फाड्ने अनि उखेल्ने कार्य गरियो। गाउँभित्रका बाटो घाटो बर्खाको पानीको कारणले गर्दा चिप्लो भएर जनसाधारणलाई धेरै असुविधा भई रहेको थियो।यसै असुविधाको समस्यालाई ध्यानमा राख्दै सम्पूर्ण गाउँभित्रको बाटो घाटोमा ब्लिचिङ पाउडर हाल्ने कार्य गरिएको छ। समाजको पक्षबाट सम्पूर्ण गाउँवासीलाई आफ्नो परिवेश स्वच्छ अनि सफा राख्ने अपिल गरियो। सफाई कार्यक्रममा चाहिने ब्लिचिङ क्रमशः पूर्ण गुरुङले दुई बोरा, पवन रसाईलीले एक बोरा अनि करुणा प्रधानले एक बोरा सहयोग गरेका थिए। यसको साथै रामु राउतले 5 जोड़ी पन्जा, 10 वटा माक्स, उर्मिला मोक्तान अनि दिल बहादुर गुरङले चार- चारवटा ठूलो कोल्ड ड्रिंक्स, गिलास, बिस्कुट प्रदान गरेका थिए भने मेनुका मंग्राती अनि बन्दना छेत्रीले चिया दिएर सहयोग गरेका थिए। आफ्नो गाउँ आफै सफा राखौं अभियान अन्तर्गत गरिएको यस सफाई कार्यक्रममा यसपाली गाउँ प्रायः नै सफा र स्वच्छ भएको कारण गाउँवासीले समाजको सोचलाई आत्मसात गरेको कारण समाजको पक्षबाट धन्यवाद ज्ञापन गरिएको जानकारी मूल सचिव बिरबल पाखरिन ले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ