नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति हामी सक्रिय अनि प्रभावकारी रुपमा कार्यक्रम गर्नेछौँः युवा शक्ति

Share this news

खरसाङ, (निसं): जीटीए क्षेत्रका सम्पूर्ण दोकान, व्यापारिक प्रतिष्ठान, विद्यालय, शैक्षिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, सांघ-संस्थाको कार्यालय अनि अन्य निकायका कार्यालयहरूमा आगामी नेपाली भाषा मान्यता दिवससम्ममा नेपाली भाषामा साइन बोर्ड लगाइसक्न पर्ने अपिल भागोप्रमो युवा शक्तिको केन्द्रीय समितिले जारी गरेको छ। नेपाली भाषा मान्यता दिवसको दिनसम्म नेपाली भाषामा साइन बोर्ड नलगाइएको खण्डमा युवा शक्तिले सक्रियता पूर्वक कार्य गर्ने पनि जनाइएको छ। नेपाली भाषामा साइन बोर्ड लगाउने कार्य खरसाङ्मा चलिरहेको छ, तथापि यो कार्य सुस्त गतिमा चलिरहेको पाइएको छ। खरसाङ्मा धेरै व्यारिक प्रतिष्ठान, दोकानहरूमा नेपाली भाषामा साइन बोर्ड लगाइएको पाइएको छ भने अझ पनि धेरै दोकान, व्यापारिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, ब्याङ्कहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउने कार्य भइसकेको छैन। यसरी नेपाली भाषामा लेखिएको साइन बोर्ड लगाउने कार्यमा ढिलाइ भएको बारेमा प्रश्न गर्दा कतिपय कार्यालयले प्रक्रिय पुरा गर्न पर्ने भएकोले ढिलाइ भएको बताएको छ भने कतिपय दोकानका मालिकहरूले बोर्ड लगाउनलाई कार्य गरिरहेको चाँड़ै बोर्ड लगाउने बताएका छन्‌‍। शहरका कतिपय व्यापारीहरूले आगामी भाषा मान्यता दिवससम्ममा नेपाली भाषामा साइन बोर्ड लगाइसक्नु पर्ने बारेमा आफूहरूलाई कुनै जानकारी नरहेको पनि बताएका छन्‌‍। तिनीहरूले अघिको समयमा युवा शक्तिद्वारा नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गरिएको बारेमा आफूहरू अवगत रहेको बताउदै उक्त अपिल पछि साइन बोर्ड लगाउने कार्य गरिएको अथवा गरिरहेको बताएका छन्‌‍। यस बारेमा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङले भने, नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति प्रेरित गर्ने कार्यक्रम हाम्रो कार्य सूचीमा छ तर शहीद दिवस अनि त्यसभन्दा अघि कतिपय कारणले हामीले निरन्तरता दिन सकेनौँ। हामी आगामी 15 अगस्त वा त्यो भन्दा अघि यस विषयमा कार्यक्रम गर्नेछौँ। अघिको समयमा हामीले विभिन्न व्यापरिक प्रतिष्ठान, दोकान, कार्यालय, विद्यालय, ब्याङ्कहरूमा गएर पर्चा र पाम्‌‍प्लेट वितरण गर्दै नेपाली भाषामा साइन बोर्ड लगाउनको निम्ति अपिल गरेका थियौँ। अब हामी सक्रिय अनि प्रभावकारी रुपमा कार्यक्रम गर्नेछौँ। जसमा माइकिङ, पोष्टरिङ जस्ता कार्यक्रमहरू पनि सामेल रहनेछन्‌‍। हामी खरसाङ नगरपालिकासित बैठक गरेर यस दिशामा विभागीय तौरमा निर्देश जारी गर्नको निम्ति अनुरोध पनि गर्नेछौँ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ