दिपेन खवासद्वारा मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 मा अंशग्रहण

Share this news

खरसाङ, 13 जुलाई (निसं): खरसाङ एथलेटिक क्लबका अध्यक्ष एवं पश्चिम बंगाल विद्युत वितरण कम्पनी लिमिटेड दार्जीलिङ्का अधिक्षक अभियन्ता दिपेन खवासले मलेसियामा सम्पन्न स्कोर म्यारथन 2025 दौढ़मा अंशग्रहण गरेका छन्‌‍। एआईए भाइटलिटीले आयोजना गरेको उक्त म्यारथन दौढ़मा विश्वका विभिन्न देशका 33 हजार धावकहरूले अंशग्रहण गरेका थिए। आइतवार बिहान सम्पन्न भएको उक्त म्याथन दौढ़को 42 किनलो मिटर वर्गको दौढ़मा अंशग्रहण गर्दै दिपेन खवास 18 औँ स्थानमा रहेका जानकारी प्राप्त भएको छ। तिनीसंगै उक्त म्याराथन दौढ़मा दिपेन्द्र सुब्बाले 21 किलो मिटर वर्गमा अंशग्रहण गरेका थिए, तिनी 22 औँ स्थानमा रहे दार्जीलिङ्का समीर अहमदले 42 किलो मिटर वर्गमा अंशग्रहण गरेका थिए तिनी 23 औँ स्थानमा रहे। यी सबै सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको म्यारथनमा अंशग्रहण गरेका थिए। खरसाङ एथलेटिक क्लबका वरिष्ठ सदस्य एवं गोर्खाल्याण्ड बडिबिल्डिङ एसोसिएशनका अध्यक्ष सञ्जय छेत्रीले जानकारी दिए अनुसार दिपेन खवास उक्त म्यारथन दौढ़मा अंशग्रहण गर्नको निम्ति खरसाङबाट 11 जुलाईको दिन मलेसियाको निम्ति प्रस्थान गरेका थिए। स्मरण गराइन्छ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले हालैमा ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामीद्वारा अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा खोरीबारीमा आयोजित 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा पनि अंशग्रहण गरेका थिए। उक्त खुल्ला योगा म्यारथन दौढ़मा क्लबका अध्यक्ष दिपेन खवास, सचिव सन्दीप तामाङ, कोषाध्यक्ष कपील सुब्बा, वरिष्ठ सदस्य सञ्जय छेत्री अनि अर्का वरिष्ठ सदस्य 66 वर्षीय भूषण देवालले अंशग्रहण गरेका थिए। यसरी खरसाङ एथलेटिक क्लबले खेलकुदलाई अघि बढ़ाउन अनि खेलकुदको क्षेत्रमा पहाड़का खेलाड़ीहरूलाई सहभागी गराउनको निम्ति कार्य गरिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ